६ महिनामा चिलिमेको नाफा ४० करोड १२ लाख

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2022 | 09:32:45 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष ७८/७९ को दोस्रो त्रैमासमा चिलिमे हाइड्रोपावर कम्पनीको खुद नाफा २.२४ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ३९ करोड २४ लाख खुद नाफा गरेकोमा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफा बढेर ४० करोड १२ लाख पुगेको छ ।

यस अवधिमा कम्पनीले ६२ करोड ४८ लाखको बिजुली बेचेको छ भने अन्य आम्दानी ९ करोड ३१ लाख रहेको छ । ६ अर्ब २८ करोड चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा ३ अर्ब २७ करोड रहेको छ ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ११.८९ रुपैयाँ , प्रति शेयर नेटवर्थ १४८.५७ रुपैयाँ र पीई रेसियो ४५.०१ गुणा रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved