८३ प्रतिशतले बढ्यो नेशनल माइक्रोफाइनान्सको नाफा , ईपीएस ८३.६७ रुपैयाँ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 31, 2022 | 09:29:37 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष ७८/७९ को दोस्रो त्रैमासमा नेशनल माइक्रोफाइनान्सको खुद नाफा ८३.४३ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्ष ७७/७८ को दोस्रो त्रैमासमा कम्पनीले १३ करोड ४१ लाख खुद नाफा गरेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा बढेर २४ करोड ६१ लाख पुगेको हो 

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ७२.२१ प्रतिशतले बढेर ४४ करोड ४० लाख पुगेको छ । समिक्षा अवधिमा कम्पनीको सापटी ५७.६३ प्रतिशतले बढेर ६ अर्ब ४३ करोड पुगेको छ भने निक्षेप ५४.५२ प्रतिशतले बढेर २ अर्ब ८४ करोड पुगेको छ । यस अवधिमा कम्पनीको कर्जा प्रवाह ६०.२८ प्रतिशतले बढेर १० अर्ब २२ करोड पुगेको छ । 

५८ करोड ६६ लाख चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा ५९ करोड ४१ लाख रहेको छ । समिक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ८३.६७ रुपैयाँ, प्रति शेयर नेटवर्थ २०१.२८ रुपैयाँ र पीई रेसियो ३२.२४ गुणा रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved