२८ प्रतिशतले बढ्यो स्वालंबन लघुवित्तको खुद मुनाफा, अरु सूचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 07, 2022 | 10:42:32 AM मा प्रकाशित

laxmi  sunrise bank

स्वालंबन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक बर्षको दोस्रो त्रैमासको प्रगती विवरण सार्वजनिक गरेको छ। गत आर्थिक बर्षको यस अवधिसँगको तुलनमा स्वालाम्बनको खुद मुनाफा करिब २८ प्रतिशतले बढेर १८ करोड ४५ लाखबाट २३ करोड ५१ लाख पुगेको छ। 

यस अवधिमा स्वालंबनले २६ अर्ब ७६ करोड कर्जा सापटी लिएर १८ अर्ब ९६ करोड कर्जा लगानी गरेको छ। त्यस्तै ११ अर्ब २६ करोड रुपैयाँ निक्षेप संकलन गर्न सफल भएको छ, यो निक्षेप गत आर्थिक बर्षको यस अवधिसंगको तुलनामा करिब १२ प्रतिशतले बढी हो। 

त्यस्तै गत आर्थिक बर्षको तुलनामा खुद ब्याज आम्दानी २१ प्रतिशतले बढेर ७६ करोड ६२ लाख पुगेको छ। 

यस अवधिमा स्वालंबनको चुक्तापुंजी १ अर्ब १२ करोड रहेको छ भने रिजर्भ तथा सरप्लसमा १ अर्ब ८ करोड रहेको छ। 

यस अवधिमा स्वालंबनको प्रति सेयर आम्दानी ४१ रुपैयाँ ९० पैसा, प्रति सेयर नेटवर्थ २६० रुपैयाँ ४४ पैसा रहेको छ भने खराब कर्जा अनुपात ७।६१ प्रतिशत रहेको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved