झन्डै ४७ प्रतिशतले बढ्यो आरएमडिसी लघुवित्तको खुद मुनाफा, अरु सूचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 07, 2022 | 10:52:47 AM मा प्रकाशित

laxmi  sunrise bank

आरएमडिसी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक बर्षको दोस्रो त्रैमासमा उल्लेख्य प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। आरएमडिसीले करिब ४७ प्रतिशतले खुद मुनाफा वृद्धि भएको प्रगति विवरण सार्वजनिक गरेको हो। 

गत आर्थिक बर्षसंगको तुलनामा आरएमडिसी ले ४६.८५ प्रतिशतले खुद मुनाफा बढाएर ११ करोड ४७ लाखबाट १६ करोड ८५ करोड पुर्याएको छ। 

यस अवधिमा आरएमडिसीको मुख्य आम्दानी मानिने खुद ब्याज आम्दानी ३७।८८ प्रतिशतले बढेर २७ करोड ७४ लाख पुगेको छ। भने यस अवधिसम्ममा आरएमडिसी ले २३ अर्ब ४९ करोड कर्जा सापटी लिएर १२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।   

यस अवधिमा आरएमडिसीको चुक्तापुंजी १ अर्ब २४ करोड रहेको छ भने रिजर्भ तथा सरप्लसमा १ अर्ब ९० करोड रहेको छ। त्यस्तै यस अवधिमा आरएमडिसी को प्रति सेयर आम्दानी २७ रुपैयाँ १५ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ २५३ रुपैयाँ १६ पैसा रहेको छ। 

त्यस्तै आरएमडिसी को खराब कर्जा अनुपात ०।०५ प्रतिशत रहेको छ भने मुल्य आम्दानीको अनुपात ४७.१४ गुणा रहेको छ। 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved