महालक्ष्मी लाइफको खुद बीमा शुल्क ४४ प्रतिशतले बढ्यो, यस्तो छ नाफा कम देखिनुको कारण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 07, 2022 | 12:34:18 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी चालू आर्थिक बर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक वित्तीय विवरणअनुसार महालक्ष्मी लाइफको खुद मुनाफामा सामान्य वृद्धि भई ५ करोड १९ लाखबाट ५ करोड ३० लाख पुगेको छ। 

बिमान्कीय मुल्यांकन नभएको हुँदा मुल्यांकनबाट आउने नाफा नजोडिएकाले महालक्ष्मी लाइफ लगायतका जीवन बीमा कम्पनीको नाफामा सामान्य वृद्धि देखिएको हो। आर्थिक बर्षको समाप्तिमा बीमान्कीय मुल्यांकनबाट हुने 'भ्यालु' जोड हुँदा मात्रै नाफा वास्तविक र धेरै देखिन्छ।  

त्यस्तै बीमा कम्पनीको व्यवसाय झल्काउने अर्थात खुद बीमा शुल्क भने झन्डै ४४ प्रतिशतले बढेर ४७ करोड २८ लाखबाट ६७ करोड ९१ लाख पुगेको छ। 

गत आर्थिक बर्षसंगको तुलनामा यस अवधिमा जगेडा तथा रिजर्भ रकम पनि १४ करोड ७४ लाखबाट बढेर २० करोड २८ लाख पुगेको छ भने जीवन बीमा कोष १ अर्ब १३ करोडबाट बढेर १ अर्ब ७३ करोड पुगेको छ।

त्यस्तै यस अवधिमा महालक्ष्मीको महाविपत्ति कोष ५८.१८ प्रतिशत बढेर १ करोड ६३ लाखबाट बढेर २ करोड ५९ लाख १५ हजार रुपैयाँ पुगेको छ।   

यस अवधिमा महालक्ष्मी लाइफको चुक्तापुंजी १ अर्ब ४० करोड रहेको छ भने जगेडा रकम ३७.४६ प्रतिशतले बढेर २० करोड २८ लाख ३० हजार पुगेको छ। 

यस अवधिमा खुद दाबी भुक्तानी ७१०.८१ प्रतिशत बढेर ७ करोड ३७ लाख ३२ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९० लाख ९३ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved