७ वटा महत्त्वपूर्ण सूचकमा मुक्तिनाथ पहिलो स्थानमा, अरु विकास बैंकको अवस्था कस्तो ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 20, 2022 | 09:29:52 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय स्तरका विकास बैंकहरुमा बिभिन्न सूचकहरुमा मुक्तिनाथ बिकास बैंक धेरै सूचकमा अव्वल दहरिएको छ भने मुक्तिनाथलाई गरिमा विकास बैंकले पछ्याएको तथ्यांकले देखाएको छ। गत आर्थिक बर्षको अवधिसंग चालू आर्थिक बर्षको पुष मसान्त अर्थात एक बर्षको तथ्यांकलाई आधार मानेर विश्लेषण गर्दा महत्त्वपूर्ण सूचकहरुमा मुक्तिनाथ बिकास बैंक पहिलो देखिएको हो भने गरिमा बिकास बैंक दोस्रो देखिएको हो। 

बैंकहरुको व्यवसायको आकार अर्थात निक्षेप संकलन तथा कर्जा परिचालन, कुल सम्पति तथा कुल दायित्व र कम खराब कर्जा अनुपातमा मुक्तिनाथ बिकास बैंक पहिलो स्थानमा देखिएको छ। 

तर कर्जा निक्षेप अनुपात र रिटर्न अन इक्विटीमा भने क्रमश महालक्ष्मी बिकास बैंक र कामना सेवा बिकास बैंक पहिलो स्थानमा देखिएका छन्। 

निक्षेप संकलन 

गत आर्थिक बर्षको पुष मसान्तदेखि चालू आर्थिक बर्षको पुष मसान्त अर्थात यो एक बर्षको अवधिमा राष्ट्रिय स्तरका ८ बिकास बैंकहरु (मुक्तिनाथ, गरिमा, महालक्ष्मी, लुम्बिनी, कामना सेवा, ज्योति, शान्ग्रिला र शाहिन रेशुन्गा) ले ४ खर्ब ४९ अर्ब ६६ करोड ५१ लाख २५ हजार ६५४ रुपैयाँ निक्षेप संकलन गरेका छन्। 

जसमध्ये मुक्तिनाथ बिकास बैंकले सबैभन्दा धेरै निक्षेप संकलन गर्दै पहिलो स्थान ओगटेको छ। मुक्तिनाथ विकास बैंकले एक बर्ष अर्थात यो पुष मसान्तसम्म ७५ अर्ब ७६ करोड ८४ लाख रुपैयाँले निक्षेप बढाएर ७५ अर्ब ७६ करोडबाट १ खर्ब १ २ अर्ब पुर्याउन सफल भएको छ। निक्षेप संकलनमा मुक्तिनाथ विकास बैंकलाई गरिमाले पछ्याएको छ भने तेस्रो स्थानमा ज्योति बिकास अटाएको छ। 

कर्जा लगानी 

त्यस्तै गत आर्थिक बर्षको पुस मसान्तदेखि चालू आर्थिक बर्षको पुष मसान्तसम्म विकास बैंकहरुले ३ खर्ब ८० अर्ब ११ करोड कर्जा लगानी गरेका छन्। गत पुष मसान्तको तुलनामा राष्ट्रिय स्तरका ८ बिकास बैकको कर्जा लगानी १ खर्ब २ अर्ब ५६ करोडले बढेको छ। 

जसमा कर्जा लगानीमा पनि मुक्तिनाथ विकास बैंक विकास बैंकहरुमै सबैभन्दा धेरै कर्जा परिचालन गर्दै पहिलो स्थानमा आफुलाई राखेको छ। एक बर्ष अर्थात गत पुष मसान्तदेखि यस आर्थिक बर्षको पुष मसान्तसम्म मुक्तिनाथले २८ अर्ब ७९ करोडले कर्जा लगानी बढाएर ५८ अर्ब २७ करोड ४० लाखबाट ८७ अर्ब ४ करोड ८६ लाख पुर्याएको कर्जा लगानीको सन्दर्भमा मुक्तिनाथ पहिलो स्थान ओगटेको छ उसलाई गरिमा, महालक्ष्मी र ज्योति ले पछ्याएका छन्।

कुल सम्पती र दायित्व 

त्यस्तै कुल सम्पती र दायित्वमा पनि मुक्तिनाथ बिकास बैंक राष्ट्रिय स्तरका बिकास बैकहरुमा पहिलो स्थानमा रहेको छ। चालू आर्थिक बर्षको पुष मसान्तसम्म राष्ट्रिय स्तरका ८ वटा बिकास बैकहरुको कुल सम्पती ५ खर्ब २३ अर्ब ५२ करोड ७५ लाख रहेको छ। जुन गत आर्थिक बर्षको पुष मसान्तको तुलनामा १ खर्ब २३ अर्ब ७ करोड १३ लाख रुपैयाँले बढी हो। 

जसमा मुक्तिनाथ विकास बैंकको कुल सम्पती मात्रै १ खर्ब १४ अर्ब पुगेको छ भने दोस्रो स्थानमा रहेको गरिमा विकास बैंकको कुल सम्पती ७७ अर्ब ६३ करोड रहेको छ। तेस्तै ज्योति विकास बैंक तेस्रो र कामना सेवा विकास बैंक चौथो स्थानमा रहेको छ। एक बर्षको अवधिमा मुक्तिनाथ विकास बैंकको कुल सम्पती ३० अर्बले बढेको छ। 

चालू आर्थिक बर्षको पुष मसान्तसम्म राष्ट्रिय स्तरका ८ विकास बैंकहरुको कुल दायित्व ४३ अर्ब ५९ करोड ६१ लाख रहेको छ। जुन गत आर्थिक बर्षको पुस मसान्तको तुलनामा ६ अर्ब ३८ करोडले दायित्व बढी हो। 

जसमा मुक्तिनाथ विकास बैंकको मात्रै कुल दायित्व ७ अर्ब ३७ करोड रहेको छ भने दोस्रो स्थानमा रहेको गरिमा विकास बैंकको कुल दायित्व ६ अर्ब ८ करोड रहेको छ। 

खराब कर्जा अनुपात 

त्यस्तै महत्त्वपूर्ण सूचकको रुपमा मानिने खराब कर्जा अनुपातमा पनि मुक्तिनाथ राष्ट्रिय स्तरकै बिकास बैंकहरुमा पहिलो स्थानमा रहेको छ। जुन बैंक वित्तीय संस्थाको कम खराब कर्जा अनुपात हुन्छ त्यहि बैंकलाई सामान्यतया कम जोखिम भएको र उसको कर्जा लगानीमा कम जोखिम भएको बुझिन्छ। 

चालू आर्थिक बर्षको पुष मसान्तसम्म मुक्तिनाथ विकास बैंकको खराब कर्जा अनुपात ०।२६ प्रतिशत रहेको छ भने दोस्रो स्थानमा रहेको गरिमा बिकास बैंकको खराब कर्जा अनुपात ०।९६ प्रतिशत रहेको छ। चालू आर्थिक बर्षको पुष मसान्तसम्म औशत खराब कर्जा अनुपात १।३१ प्रतिशत रहेको छ। औशतमा बिकास बैंकहरुको खराब कर्जा अनुपात १।४३ प्रतिशतबाट घटेर १।३१ प्रतिशतमा ओर्लिएको हो। यो तथ्यांकले पनि बिकास बैंकहरुको कर्जा लगानीको जोखिम घट्दो क्रममा रहेको देखिन्छ। 

रिटर्न अँन इक्विटी 

अरु धेरै सूचकमा मुक्तिनाथ बिकास बैंक पहिलो स्थानमा रहेपनि रिटर्न अन इक्विटीमा दोस्रो स्थानमा रहेको छ। मुक्तिनाथलाई कामना सेवा विकास बैंकले पछि पारेको छ। चालु आर्थिक बर्षको पुष मसान्तसम्म कामना सेवाको रिटर्न अँन इक्विटी १६।४४ प्रतिशत रहेको छ भने कामनाको १६।३३ प्रतिशत रहेको छ। चालू आर्थिक बर्षको पुष मसान्तसम्म औषतमा राष्ट्रिय स्तरको विकास बैंकहरुको रिटर्न अँन इक्विटी १४।६९ प्रतिशत   

रहेको छ। गत आर्थिक बर्षको यस अवधिमा विकास बैंकहरुको रिटर्न अँन इक्विटी १२।९८ प्रतिशत रहेको थियो। यो तथ्यांकलाई आधार मान्दा राष्ट्रिय स्तरका बिकास बैंकहरुको कमाई बढ्दो क्रममा नै रहेको देखिन्छ। 

सीसीडी अनुपात 

चालू आर्थिक बर्षको पुष मसान्तसम्ममा राष्ट्रिय स्तरका बिकास बैकहरुको कर्जा निक्षेप अनुपात 'सिसिड़ी रेसियो' औशतमा ८७।३५ प्रतिशत रहेको छ। जसमा सबै भन्दा कम सिसिड़ी रेसियो सांग्रिला डेभलपमेन्ट बैंकको रहेको छ भने त्यसपछि सबै भन्दा कम सिसिडी रेसियो मुक्तिनाथ बिकास बैंकको रहेको छ। सांग्रिला डेभलपमेन्ट बैंकको सिसिड़ी अनुपात ८५।६५ प्रतिशत रहेको छ भने मुक्तिनाथ विकास बैंकको ८६।२४ प्रतिशत रहेको छ। 

जुन बैंक वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात अर्थात सिसिडी अनुपात कम हुन्छ त्यसलाई सामान्यतया राम्रो मानिन्छ। राम्रो यस कारणले कि कम सिसिडी अनुपात भएको संस्थासंग थप कर्जा लगानीको 'स्पेस' बाँकी रहेको हुन्छ। नियामक निकाय नेपाल राष्ट्र बैंकले सिसिडी अनुपात ९० प्रतिशत हुनुपर्ने भनेकाले जसको सिसिडी बढी हुन्छ, उसले थप व्यवसाय विस्तार गर्न नसक्ने हुन्छ। 

शाखा संख्या र प्रत्येक शाखा व्यवसाय वृद्धि 

शाखा संख्या र प्रत्येक शाखा व्यवसाय वृद्धिमा पनि मुक्तिनाथ बिकास बैंक पहिलो स्थानमा रहेको छ।  मुक्तिनाथ विकास बैंकको कुल १६५ वटा शाखा रहेका छन् भने प्रत्येक शाखा व्यवसाय वृद्धि पनि प्रति शाखा ८ करोड ५७ लाख रहेको छ। कुल व्यवसाय वृद्धिलाई शाखा संख्याले भाग गर्दा आउने योगफल नै प्रत्येक शाखा व्यवसाय वृद्धि हो। 

शाखा संख्यामा गरिमा विकास बैंक दोस्रो रहेपनि प्रत्येक शाखा व्यवसाय वृद्धिमा गरिमा तेस्रो स्थानमा रहेको छ। गरिमाका १२० वटा शाखा संख्या रहेका छन् भने प्रत्येक शाखा व्यवसाय वृद्धि रकम ५ करोड ७५ लाख रहेको छ। प्रत्येक शाखा व्यवसाय वृद्धिमा दोस्रो स्थानमा रहेको शान्ग्रिलाको ७ करोड ६७ लाख रहेको छ। 

गत आर्थिक बर्षको पुष मसान्तदेखि चालू आर्थिक बर्षको पुष मसान्तको सार्वजनिक वित्तीय विवरणको आधारमा तयार गरिएको लेख हो। हाल नेपालमा राष्ट्रिय स्तरका ८ वटा बिकास बैंकहरु रहेका छन्। यिनै ८ वटा विकास बैंकहरुलाई बिभिन्न सूचकमा तुलना गरिएको हो।

  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved