३० प्रतिशतले घट्यो आईसीएफसी फाइनान्सको खुद नाफा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2022 | 09:46:48 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आईसीएफसी फाइनान्सको खुद नाफा ३०.३२ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले १७ करोड ७९ लाख खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीको नाफा घटेर १२ करोड ३९ लाख कायम भएको छ ।

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३७.९८ प्रतिशतले बढेर ३१ करोड ६५ लाख पुगेको छ । खुद ब्याज आम्दानी बढेपनि कम्पनीको संचालन मुनाफा ३२.०५ प्रतिशतले घटेपछि कम्पनीको खुद नाफा पनि घटेको हो ।

यस अवधिमा कम्पनीको निक्षेप १४.६१ प्रतिशतले बढेर १६ अर्ब ४३ करोड पुगेको छ भने कर्जा प्रवाह ३३.२८ प्रतिशतले बढेर १३ अर्ब ८२ करोड पुगेको छ ।

१ अर्ब १२ करोड चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा ५४ करोड ६६ लाख रहेको छ । यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १४.६७ रुपैयाँ कायम भएको छ भने प्रति शेयर नेटवर्थ १४८.५ रुपैयाँ रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved