६५ प्रतिशतले बढ्यो फरवार्ड माइक्रोफाइनान्सको खुद नाफा, ईपीएस १०० रुपैयाँ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2022 | 09:25:09 AM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष ७८/७९ मा फरवार्ड माइक्रोफाइनान्सको खुद नाफा ६५.६५ प्रतिशतले बढेको छ । आर्थिक वर्ष ७७/७८ मा कम्पनीको खुद नाफा ५१ करोड ३ लाख रहेकोमा आर्थिक वर्ष ७८/७९ मा कम्पनीको खुद नाफा बढेर ८४ करोड ५३ लाख पुगेको हो 

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दनी भने ८.८५ प्रतिशतले बढेर  १ अर्ब ३६ करोड पुगेको छ । कम्पनीले प्रोभिजनमा राखेको १४ करोड १५ लाख राइट ब्याक गर्न सफल भएपछि कम्पनीको खुद नाफामा ठूलो वृद्धि देखिएको हो । 

यस अवधिमा कम्पनीको सापटी १६.८२ प्रतिशतले बढेर १८ अर्ब ६३ करोड पुगेको छ भने निक्षेप संकलन १९.८७ प्रतिशतले बढेर ७ अर्ब ९५ करोड पुगेको छ । कम्पनीको कर्जा प्रवाह २७.९६ प्रतिशतले बढेर १९ अर्ब ८१ करोड पुगेको छ । कम्पनीको खराब कर्जा ३.६७ प्रतिशतबाट घटेर १.८३ प्रतिशत कायम भएको छ 

८४ करोड ४४ लाख चुक्ता पुंजी रहेको बैंकको रिजर्भमा १ अर्ब ८४ करोड रहेको छ ।   यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १०० रुपैयाँ ११ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ ३१८ रुपैयाँ ८३ पैसा रहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved