चन्द्रागिरी हिल्स पहिलो पटक नाफामा, ईपीएस १.६७ रुपैयाँ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2022 | 10:17:23 AM मा प्रकाशित

laxmi  sunrise bank

चन्द्रागिरी हिल्स आईपिओ निष्काशन गरेपछि पहिलोपटक नाफामा गएको छ। आर्थिक वर्ष ७८/७९ मा कम्पनीले २ करोड ५५ लाख खुद नाफा कमाएको हो । आर्थिक वर्ष ७७/७८ मा कम्पनी २७ करोड घाटामा रहेको थियो 

यस अवधिमा कम्पनीको संचालन आम्दानी ६६ करोड ९८ लाख रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामामा २०२ प्रतिशत बढी हो। अहिल्लो आर्थिक वर्षमा कम्पनीको संचालन आम्दानी २२ करोड १९ लाख मात्र थियो । १ अर्ब ५३ करोड चुक्ता पुंजी रहेको कम्पनीको रिजर्भ भने ३९ करोड ४४ लाख ऋणात्मक रहेको छ । 

कम्पनीको प्रति शेयर आम्दानी १.६७ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ ७४.२७ रुपैयाँ रहेको छ । आर्थिक वर्ष ७८/७९ को चौथो त्रैमासमा कम्पनीको अधिकतम शेयर मूल्य १३४३ रुपयाँमा कारोबार भएको थियो भने न्युनतम ९२४ रुपैयाँमा कारोबार भएको थियो । 

आर्थिक वर्ष २०७८/०७९ को चौथो त्रैमासिक समीक्षा अवधिमा कम्पनीको आर्थिक क्रियाकलापा तुलनात्मक रूपमा राम्रो रहन गएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यस अवधिको पहिलो महिनादेखि नै आर्थिक क्रियाकलापमा क्रमशः सुधार हुँदै जाँदा कम्पनीको व्यापार व्यवसायमा बृद्धि भएको हो।

कम्पनीले भनेको छ 'कम्पनीको मुख्य आय भनेको आन्तरिक तथा बाह्य पर्ययटकले कम्पनीले सञ्चालन गरेका केबलकार, जिपलाइन, भ्यु टावरलगायत पर्यटकीय गतिविधिको प्रयोगबाट प्राप्त हुने आय नै हो। आन्तरिक पर्यटनको सकारात्मक बृद्धि तथा छिमेकी मुलुक भारतबाट भ्रमण आउने पर्यटकको संख्यामा भएको उल्लेख्य सुधारको फलस्वरूप कम्पनी परिसरभित्र भ्रमणमा आउने पर्यटकको संख्या तुलनात्मक रूपमा वृद्धि भयो। आन्तरिक तथा बाह्य हवाई उडानमा भएको सहजता तथा विश्वव्यापी रूपमा पर्यटन गतिविधिमा भएको वृद्धिको सकारात्मक प्रभाव नेपालमा पनि देखिन थाल्यो । जसको फलस्वरूप भारतीय तथा अन्य तेस्रो मुलुकबाट आउने पर्यटकहरूको चहलपहलमा उल्लेख्य सुधार हुँदै आएको छ । यसको प्रत्यक्ष प्रभाव कम्पनीको पछिल्लो समयको आयमा हुन गयो।'

 यस अवधिमा कम्पनीले सञ्चालनमा ल्याएका विभिन्न पर्यटकिय गतिविधिको प्रयोग तथा भ्रमण र रिसोर्टमा वास बस्न आउने स्वदेशी पर्यटकको संख्यामा धेरै सुधार भएको कम्पनीले जनाएको छ । जसको प्रत्यक्ष प्रभाव कम्पनीको आयमा देखिएको कम्पनीले उल्लेख गरेको छ। सहवित्तीयकरण कर्जा एवं चालू पुँजीको साबा-व्याज तोकिएको समयमा भुक्तानी गरिदै आएको कम्पनीले जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved