सिभिलको रिपोर्टमा देखियो कर्मचारी र प्रविधिको व्यवस्थापनको नतिजा, बाँड्न मिल्ने नाफा नै अर्बमाथि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2022 | 12:15:00 PM मा प्रकाशित

laxmi bank sanima

नयाँ पुस्ताको कान्छो बैकको रुपमा संचालनमा आएको सिभिल बैंकले गत आर्थिक बर्ष लोभलाग्दो प्रगति गरेको वित्तीय विवरण सार्वजनिक भएको छ। समकक्षी बैंकहरुको तुलनामा सिभिल बैंकको अधिकांश सूचकहरु लोभलाग्दो देखिएको छ। 

सिभिल बैंकको खुद मुनाफा अघिल्लो आर्थिक बर्षको तुलनामा १६२.३२ प्रतिशतले बढेर १ अर्ब ३८ करोड पुगेको छ। अघिल्लो आर्थिक बर्ष सिभिल बैकको खुद मुनाफा ५२ करोड ७७ लाख रहेको थियो। 

१ अर्ब ३८ करोड खुद मुनाफा आर्जन गरेकोमा सिभिल बैंकको वितरणयोग्य मुनाफा १२०. ६० प्रतिशतले बढेर ४५ करोड ६१ लाखबाट १ अर्ब नाघेको छ। त्यस्तै बैकहरुको मुख्य आम्दानीको रुपमा लिइने खुद ब्याज आम्दानी पनि ६४.३१ प्रतिशतले बढेर २ अर्ब २१ करोडबाट ३ अर्ब ६३ करोड पुगेको छ। 

यस अवधिमा सिभिल बैंकले ६.३० प्रतिशतले निक्षेप बढाएर ९० अर्ब ३४ करोडबाट ९६ अर्ब ३ करोड पुर्याएको छ भने कर्जा प्रवाह ४.८८ प्रतिशतले बढाएर ८३ अर्बबाट ८७ अर्ब पुर्याएको छ। भने रिजर्भ पनि अघिल्लो आर्थिक बर्षको तुलनामा २४.४५ प्रतिशतले बढेर १ अर्ब ५५ करोडबाट १ अर्ब ९३ करोड पुगेको छ। 

यस अवधिमा सिभिल बैंकको प्रति सेयर आम्दानी १४९.८६ प्रतिशतले बढेर ६ रुपैयाँ ११ पैसाबाट १५ रुपैयाँ २६ पैसा पुगेको छ भने मुल्य आम्दानीको अनुपात ४४. १९ बाट सुधार भएर १३. ९६ मा झरेको छ। सामान्यतया मुल्य आम्दानी अनुपात जति कम भयो उति राम्रो मानिन्छ। 

त्यस्तै सिभिल बैंकले चाह्यो भने गत आर्थिक बर्षको कमाईबाट बोनस र नगद दुवै दिन सक्छ। उसको क्यापिटल एडुकेसी रेसियो ११. ८८ प्रतिशतबाट बढेर १५. ८१ प्रतिशत पुगेको छ।  पुजीकाेष न्यूनतम ११ प्रतिशत र त्यसमा प्राथमिक पुजी कम्तिमा ८.५ हुनैपर्छ । नगद लाभांस बाँड्नेकाे कम्तिमा १२ हुनुपर्छ । १२ प्रतिशत मुनि रहेकोले सामन्यतया नगद लाभांश बाँड्न पाउदैन। 

त्यस्तै सिभिल बैंकको स्प्रेड रेट अर्थात बैंकले दिने र लिने ब्याजको अन्तरमा पनि ६९.०५ प्रतिशतले बढेर २.५२ प्रतिशतबाट ४.२६ प्रतिशत पुगेको छ भन लाभांश क्षमता पनि ११०। ०९ प्रतिशतले बढेर ५.२८ प्रतिशतबाट ११.०९ प्रतिशत पुगेको छ। 

नेपाल राष्ट्र बैंकको मर्जर तथा प्राप्ति नीतिको कारण उल्लेख्य प्रगति गर्दैगर्दा पनि सिभिल बैंक हाल हिमालयन बैंकसँग प्राप्तिको प्रकृयामा रहेको छ। बैंकको तत्कालिन संचालक समितिले कर्मचारी बढाएर लैजाने निर्णय गरेपनि बैंकको उच्च व्यवस्थापनले भएकै कर्मचारीको चुस्त व्यवस्थापन र प्रविधिको उच्चतम प्रयोगका कारण बैंकले गत आर्थिक बर्ष उल्लेख्य प्रगति गरेको देखिन्छ। 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved