नयाँ सीईओसँग तालमेल मिल्दा महालक्ष्मी विकास बैंकको छविसँगै आर्थिक सूचकमा पनि उल्लेख्य सुधार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 07, 2022 | 01:39:16 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०७८÷७९ मा ९५ करोड १९ लाख ८ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०७८÷०७९ को अपरिस्कृत वित्तीय विवरणअनुसार नाफा अघिल्लो आव २०७७÷०७८ को तुलनामा ४४.२१ प्रतिशतले बढाएको हो ।

बैंकले अघिल्लो आवमा ६६ करोड मुनाफा आर्जन गरेको थियो । बैंकको खुद ब्याज आम्दानी १८.०८ प्रतिशतले बढेर १ अर्ब ८९ करोड २० लाख पुगेको छ । बैंकले असार मसान्तसम्म ४५ अर्ब ८९ करोड  ८३ लाख  निक्षेप संकलन गरेर ४० अर्ब ४२ करोड १९ लाख  कर्जा लगानी गरेको हो । बैंकको निक्षेप र कर्जा क्रमश ३९ अर्ब ८८ करोड १२ लाखबाट १५.०९ प्रतिशत र ३५ अर्ब ७९ करोड ४४ लाखबाट १२.९३. प्रतिशतले बढेको हो । आर्थिक वर्ष २०७७÷७८ मा निष्कृय कर्जा अनुपात २.८० प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७८÷०७९ मा ०.३७ प्रतिशतले सुधार भई २.४३ प्रतिशत पुगेको छ ।

अघिल्लो  आर्थिक वर्षमा  ३ अर्ब ३४ करोड २४ लाख रुपैयाँ चुक्ता  पूँजी रहेको बैंकले गत आबमा २० प्रतिशत बोनस सेयर दिएर ४ अर्ब १ करोड ८ लाख पुर्याएको थियो । बैंकको प्रतिसेयर आम्दानी १९.७५ रुपैयाँ बढेर २३.७३ रुपैयाँ पुगेको छ ।

यस्तै पूँजी पर्याप्तता अनुपात ११.९४ प्रतिशत रहेको छ । अघिल्लो  आर्थिक वर्षमा शेयरधनी पूंजी कोष ५ अर्ब ५७ करोड ९३ लाख रहेकोमा आर्थिक वर्ष २०७८÷०७९ मा शेयरधनी पूंजी कोष ६ अर्ब ४२ करोड ९ लाख छ । 

सिटिजन्स बैंक छाडेर आएका बोधराज देवकोटाको नेतृत्वको टिमसँग संचालक समितिको तालमेल मिल्दा  बैंकको छविसँगै आर्थिक सूचकमा पनि उल्लेख्य सुधार देखिएको हो । यस अघि उच्च ब्यबस्थापनसँग समन्वयमा सन्तुलन नदेखिंदा बैंकको छवि सँगै आर्थिक सूचकमा पनि असर देखिएको थियो ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved