प्रमोटरले ठूलो मात्रमा शेयर बेचेपछि शिवम् सिमेन्टको रिपोर्ट सार्वजनिक, ५१ प्रतिशत नाफा घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 15, 2022 | 08:32:43 AM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष ७८/७९ मा शिवम् सिमेन्टको खुद नाफा ५१.२० प्रतिशतले घटेको छ । आर्थिक वर्ष ७७/७८ मा कम्पनीले १  अर्ब ४१ करोड खुद नाफा कमाएकोमा आर्थिक वर्ष ७८/७९ मा कम्पनीको खुद नाफा घटेर ६८ करोड ९३ लाखमा सिमित भएको छ 

कम्पनीको सिमेन्ट बिक्रि वापतको आम्दानी ३.६९ प्रतिशतले घटेर ९ अर्ब २६ करोडमा झरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीले विभिन्न  कम्पनीहरुमा ४ अर्ब १६ करोड लगानी गरेको छ । 

कम्पनीको चुक्ता पुंजी ४ अर्ब ४० करोड रहेको छ भने ३ अर्ब ८३ करोड जगेडा कोषमा रहेको छ । कम्पनीसंग ९५ करोड ६२ लाख बराबरको शेयर प्रिमियम वापतको रकम रहेको छ। कम्पनीको प्रति शेयर आम्दानी १५ रुपैयाँ ६७ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ २०९.८२ रुपैयाँ रहेको छ । 

केहि दिन अगाडी बिजपाटीले शिवम् सिमेन्टका प्रमोटरले धमाधम शेयर बिक्रि गरेर बाहिरिदै गरेको समाचार प्रकाशन गरेको थियो । कम्पनीको रिपोर्ट खराब आउने भएपछि नाफा बुक गर्न प्रमोटरहरुले ठूलो मात्रामा शेयर बिक्रि गरेका थिए । प्रमोटरहरुले शेयर बिक्रि गरेर बहिरिंदा यसले बजारलाई नै प्रभावित पारेको समाचार बिजपाटीले प्रकाशन गरेको थियो 

यो पनि : शिवम् सिमेन्टका प्रमोटरले शेयर बेचेर बाहिरिंदा बजार नै प्रभावित, ७० लाख कित्ताको सप्लाई आउँदै 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved