८ महिनामा वाणिज्य बैंकको खुदनाफा ४८ अर्ब: नबिल र ग्लोबल शिर्ष स्थानमा, पछ्याउदै एनआईसी (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 16, 2023 | 10:07:37 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष २०७९/८० को ८ महिनाको अवधिमा वाणिज्य बैंकहरुले कुल ४८ अर्ब खुद नाफा कमाएका छन्। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्मको अवधिमा वाणिज्य बैंकहरुले कुल ४८ अर्ब ८३ करोड ७ लाख खुद नाफा कमाएका छन् ।

यस अवधिमा नबिल बैंकले सबैभन्दा धेरै ५ अर्ब ३२ करोड खुद नाफा कमाएको छ भने ग्लोबल आईएमई बैंकले ४ अर्ब ३७ करोड खुद नाफा कमाएको छ । त्यस्तै ४ अर्ब ५ करोड खुद नाफा सँगै एनआईसी एशिया तेस्रो स्थानमा रहेको छ । यस अवधिमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ४९ करोड नाफा कमाएको छ भने राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ३६ करोड खुद नाफा कमाएको छ । 

यस अवधिमा कृषि विकास बैंकको खुद नाफा सबैभन्दा कम रहेको छ । कृषि विकास बैंकले यस अवधिमा ४१ करोड १२ लाख मात्र खुद नाफा कमाएको छ । सनराइज बैंकले १ अर्ब ८ करोड, सिटिजन्स बैंकले १ अर्ब २९ करोड तथा लक्ष्मी बैंकले १ अर्ब ३६ करोड खुद नाफा कमाएका छन् ।

यो अपरिस्कृत विवरण भएकोले बैंकहरुको अन्तिम खुद नाफा भने फरक पर्न सक्ने छ ।

हेर्नुस् कुन बैंकको खुद नाफा कति ?






Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved