चालु आर्थिक वर्ष २०७९/८० को ८ महिनाको अवधिमा १७ वटा विकास बैंक मध्ये १२ वटा मात्र खुद नाफामा रहेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्मको अवधिमा १७ विकास बैंकहरु मध्ये ५ वटा खुद नोक्सानीमा रहेका छन् ।
यस अवधिमा मुक्तिनाथ विकास बैंकले सर्वाधिक नाफा कमाएको छ । बैंकको खुद नाफा ८७ करोड ३६ लाख रहेको छ । त्यस्तै ६६ करोड ३३ लाख सहित गरिमा विकास बैंक दोस्रो स्थानमा रहेको छ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ५५ करोड ७१ लाख, महालक्ष्मी विकास बैंकले ४३ करोड ४३ लाख , तथा लुम्बिनी विकास बैंकले ३६ करोड ५० लाख खुद नाफा कमाएका छन् ।
त्यस्तै कामना सेवा विकास बैंकले ३२ करोड १६ लाख, शंग्रिला डेभलपमेन्ट बैंकले २८ करोड ६२ लाख , तथा ज्योति विकास बैंकले १७ करोड ९८ लाख खुद नाफा कमाएको छ । मितेरी डेभलपमेन्ट बैंकले ६ करोड ७२ लाख , कर्णाली डेभलपमेन्ट बैंकले १ करोड ५१ लाख, कर्पोरेट डेभलपमेन्ट बैंकले १ करोड ४२ लाख तथा ग्रिन डेभलपमेन्ट बैंकले ७६ लाख ३० हजार खुद नाफा कमाएको छ ।
सालपा विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, एक्सेल डेभलपमेन्ट बैंक, र शप्तकोशी डेभलपमेन्ट बैंक भने खुद नोक्सानीमा रहेका छन् । जस मध्ये सप्तकोशी डेभलपमेन्टको खुद नोक्सानी २५ करोड ७० लाख रहेको छ ।
यो अपरिस्कृत विवरण भएकोले बैंकहरुको अन्तिम खुद नाफा भने फरक पर्न सक्ने छ ।