१७ मध्ये १४ फाइनान्स कम्पनी नाफामा, कुनको खुद नाफा कति ? (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 17, 2023 | 10:57:10 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष २०७९/८० को ८ महिनाको अवधिमा १७ वटा फाइनान्स कम्पनी मध्ये १४ वटा खुद नाफामा रहेका छन् ।  नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्मको अवधिमा १७ विकास बैंकहरु मध्ये ३  वटा खुद नोक्सानीमा रहेका छन् ।

यस अवधिमा क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको खुद नाफा सबैभन्दा धेरै ३५ करोड ३७ लाख रहेको छ । त्यस्तै मन्जुश्री फाइनान्सको खुद नाफा१८ करोड २२ लाख रहेको छ । त्यस्तै गोर्खाज फाइनान्सको खुद नाफा ८ करोड ७० लाख, आईसीएफसी फाइनान्सको खुद नाफा ७ करोड २८ लाख, गुडविल फाइनान्सको खुद नाफा ६ करोड ५७ लाख, तथा पोखरा फाइनान्सको खुद नाफा ५ करोड २९ लाख रहेको छ । 

यस अवधिमा रिलायन्स फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, र समृद्धि फाइनान्स खुद नोक्सानीमा छन् । जस मध्ये समृद्धि फाइनान्सको खुद नोक्सानी १८ करोड १२ लाख रहेको छ। यो अपरिस्कृत विवरण भएकोले कम्पनीहरुको अन्तिम खुद नाफा भने फरक पर्न सक्ने छ ।

हेर्नुस् कुनको खुद नाफा कति ?

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved