चालु आर्थिक वर्ष ७९/८०को तेस्रो त्रैमासमा आरएसडिसी लघुवित्तको खुद नाफा घटेको छ । कम्पनीको नाफा ८.८१ प्रतिशतले घटेर कम्पनीको खुद नाफा ८ करोड ६९ लाख कायम भएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ९ करोड ४३ लाख थियो ।
कम्पनीको इम्पेयरमेन्ट चार्ज बढ्दा कम्पनीको खुद नाफा घटेको हो। कम्पनीको खराब कर्जा ०.४० प्रतिशतबाट बढेर १.३७ प्रतिशत पुगेको छ । सोहि कारण कम्पनीको इम्पेयरमेन्ट चार्ज २८०.८५ प्रतिशतले बढेर ७ करोड ३७ लाख पुगेको छ ।इम्पेयरमेन्ट चार्ज बढ्दा कम्पनीको नाफा घटेको हो ।
कम्पनीको खुद ब्याज आम्दानी भने २९.२२ प्रतिशतले बढेर २१ करोड ४० लाख पुगेको छ। यस अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा ५ करोड ६३ लाख रहेको छ ।
कम्पनीको सापटी ३२.४२ प्रतिशतले बढेर ५ अर्ब ९३ करोड पुगेको छ भने कर्जा प्रवाह २४.६० प्रतिशतले बढेर ६ अर्ब ७१ करोड पुगेको छ ।
८६ करोड ९५ लाख चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा १६ करोड १७ लाख रहेको छ । कम्पनीको प्रति शेयर आम्दानी १३.१९ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ ११८.६० रुपैयाँ रहेको छ ।