६७ प्रतिशतले बढ्यो निफ्राको नाफा, यस्ता छन् अन्य सूचक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2023 | 08:42:17 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष ७९/८० को तेस्रो त्रैमासमा नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राको खुद नाफा ६७.२८ प्रतिशतले बढेको छ । आघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले ५९ करोड ४५ लाख खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको खुद नाफा बढेर १ अर्ब १६ करोड पुगेको छ 

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ५५.२२ प्रतिशतले बढेर २ अर्ब नाघेको छ । बैंकको संचालन मुनाफा ६७.३१ प्रतिशतले बढेर १ अर्ब ६५ करोड पुगेको छ । यस अवधिमा बैंकको कर्जा प्रवाह ८४.८६ प्रतिशतले बढेर २२ अर्ब नाघेको छ भने निक्षेप संकलन ९९.१२ प्रतिशतले बढेर ७९ करोड ६८ लाख पुगेको छ ।

२१ अर्ब ६० करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा १ अर्ब ९८ करोड रहेको छ । बैंकको विवतरणयोग्य मुनाफा ९१ करोड ६१ लाख रहेको छ ।

यस अवधिमा बैंकको प्रति शेयर आम्दानी ७.१७ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १०९.१९ रुपैयाँ रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved