१७.१२ प्रतिशतले बढ्यो फर्स्ट माइक्रोफाइनान्सको नाफा, ईपीएस भने घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2023 | 09:35:10 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष ७९/८० को तेस्रो त्रैमासमा फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा १७.१२ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले १६ करोड ६१ लाख खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षमा कम्पनी खुद नाफा बढेर १९ करोड ४५ लाख पुगेको छ

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३.४२ प्रतिशतले बढेर ३१ करोड ७६ लाख पुगेको छ भने कुल संचालन मुनाफा १०.६८ प्रतिशतले बढेर २७ करोड ७९ लाख पुगेको छ। यस अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा १६ करोड ६८ रहेको छ । कम्पनीले इम्पेरमेन्ट चार्जको लागि छुट्याएको रकम भने ६३.४८ प्रतिशतले घटेर १ करोड ५८ लाख मात्र कायम रहेको छ 

यस अवधिमा कम्पनीको सापटी १७.६४ प्रतिशतले घटेर ७ अर्ब ७८ करोड कायम भएको छ । कम्पनीको कर्जा प्रवाह पनि १४.१४ प्रतिशतले घटेर ८ अर्ब ९२ करोड पुगेको छ 

१ अर्ब १४ करोड चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भ ४३ करोड ३० लाख रहेको छ । समीक्षा अवधिमा कम्पनीको खराब कर्जा ०.४७ प्रतिशत पुगेको छ।  कम्पनीको प्रति शेयर आम्दानी भने घटेर २२.६० रुपैयाँ कायम भएको छ भने प्रति शेयर नेटवर्थ १३७.३७ रुपैयाँ रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved