१२ प्रतिशतले बढ्यो एनआइसी एसियाको खुद मुनाफा, अन्य सूचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 20, 2023 | 07:10:18 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा गत आर्थिक वर्षको तुलनामा  करिब १२ प्रतिशतले वृद्धि गरेर ४ अर्ब १ करोड खुद मुनाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ।  यस अवधिमा बैंकले गत आर्थिक बर्ष ३ अर्ब ६० करोड खुद मुनाफा आर्जन गरेको थियो। 

बैंकले ४ अर्ब १ करोड खुद मुनाफा आर्जन गरेपनि नियामकीय निर्देशनको पालनाका कारण सेयरधनीलाई वितरण योग्य मुनाफा मात्र ३ अर्ब ३ करोड रहेको छ। त्यस्तै यस अवधिमा बैंकको निक्षेप करिब ९ प्रतिशतले बढेर ३ खर्ब १४ अर्ब पुगेको छ। गत आर्थिक वर्षको यस अवधिमा बैंकले ३ खर्ब २३ अर्ब निक्षेप संकलन गरेको थियो।  

त्यस्तै बैंकको मुख्य आम्दानीको रुपमा लिईने खुद ब्याज आम्दानी गत आर्थिक बर्षको यस अवधिसँगको तुलनामा ११.६१ प्रतिशतले बढेर ९ अर्ब २१ करोड पुगेको छ। चैत मसान्तसम्म बैंकले उठाउनुपर्ने कर्जा अजैं ९६ करोड रहेको छ। 

यस अवधिमा बैंकले सम्भावित जोखिमका लागि २३ करोड ५२ लाख रुपैयाँ प्रोभिजन गरिएको छ भने बैंकको खराब कर्जा अनुपात ०.५१ प्रतिशतबाट बढेर ०.८५ प्रतिशत पुगेको छ। 

यस अवधिमा बैंकको चुक्तापुंजी ११ अर्ब ५६ करोड रहेको छ भने रिजर्भमा १७ अर्ब २१ करोड रहेको छ। त्यस्तै यस अवधिमा बैंकको प्रति सेयर आम्दानी ४६ रुपैयाँ २९ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ २४८ रुपैयाँ ८८ पैसा र मूल्य आम्दानीको अनुपात १५.६० गुणा रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved