नबिल बैंकको खराब कर्जा ह्वात्तै बढ्यो, यस्तो छ ५२ प्रतिशतले खुद मुनाफा बढ्नुको खास कारण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 20, 2023 | 07:27:37 AM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंक लिमिटेडले चालू आर्थिक बर्षको तेस्रो त्रैमासमा  ५२.६३ प्रतिशतले खुद नाफा  बढेको वित्तीय विवरण सार्वजनिक गरेको छ। यस अवधिमा बैंकको खुद नाफा ३ अर्ब ३५ करोडबाट बढेर ५ अर्ब ११ करोड पुगेको छ ।  

वित्तीय विवरण हेर्दा नबिलको खुद मुनाफा ५२ प्रतिशतले बढेर ५ अर्ब ११ करोड भएको देखिएपनि यो कमाई नबिलको मात्रै भने होइन। नबिलको यस वित्तीय विवरणमा नबिलले प्राप्ति गरेको नेपाल बंगलादेश बैंकको योगदान रहेको छ। ५२.६३ प्रतिशतले खुद मुनाफा बढाएर ५ अर्ब ११ करोड कमाएपनि नबिल बैंकको वितरणयोग्य मुनाफा १  अर्ब ७७ करोड मात्रै रहेको छ। 

यस अवधिमा बैंकको निक्षेप ३ खर्ब ६३ अर्ब रहेको छ भने कर्जा परिचालन ३ खर्ब २३ अर्ब रहेको छ। त्यस्तै बैकको मुख्य आम्दानीको रुपमा लिईने खुद ब्याज आम्दानी गत बर्षको यस अवधिसँगको तुलनामा ८३ प्रतिशतले बढेर ६ अर्ब ५९ करोडबाट १२ अर्ब १० करोड पुगेको छ। बैंकको खुद ब्याज आम्दानी र अन्य सूचकमा पनि नबिलको मात्रै नभई एनबि बैंकसंगको प्राप्तिको योगदान पनि रहेको छ। 

यस अवधिमा बैंकले सम्भावित जोखिम व्यवस्थापनको लागि ३ अर्ब ३३ करोड ब्यवस्थापन गरेको छ जसको असर बैंकको खुद मुनाफामा देखिएको छ। त्यस्तै बैंकको खराब कर्जा अनुपात १.१४ प्रतिशतबाट बढेर ३.८७ प्रतिशत पुगेको छ। चैत मसान्तसम्म बैंकले अझैं १ अर्ब ८२ करोड कर्जा उठाउन बाँकी छ।  

यस अवधिमा बैंकको प्रति सेयर आम्दानी २५ रुपैयाँ २१ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ २०१ रुपैयाँ ७ पैसा तथा मुल्य आम्दानीको अनुपात २४.५५ गुणा रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved