२८.६५ प्रतिशतले घट्यो सिद्धार्थ बैंकको नाफा, वितरणयोग्य मुनाफा ऋणात्मक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 20, 2023 | 07:48:50 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सिद्धार्थ बैंकको खुद नाफा २८.६५ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा बैंक खुद नाफा २ अर्ब ८ करोडबाट घटेर १ अर्ब ४९ करोडमा सिमित भएको छ 

बैंकले सम्भावित जोखिमको लागि २ अर्ब १६ करोड रकम इम्पेरमेन्ट चार्जको रुपमा राखेपछि बैंकको नाफा घटेको हो । बैंकको खराब कर्जा १.१२ प्रतिअशतबाट बढेर ३.९५ प्रतिशत पुगेको छ । 

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी भने २७.६१ प्रतिशतले बढेर ६ अर्ब ७ करोड पुगेको छ । बैंकको वितरणयोग्य मुनाफा भने ४५ करोड ६६ लाखले ऋणात्मक रहेको छ । 

बैंकको चुक्ता पुँजी १४ अर्ब ८ करोड रहेको छ । यस अवधिमा बैंकको प्रति शेयर आम्दानी १४ रुपैयाँ १० पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १६३.२८ रुपैयाँ रहेको छ । 

यस अवधिमा बैंकको निक्षेप संकलन १०.९७ प्रतिशतले बढेर २ खर्ब १२ अर्ब पुगेको छ भने कर्जा प्रवाह १.६३ प्रतिशतले बढेर १ खर्ब ८१ अर्ब पुगेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved