अरु बैंकको नाफा बढ्दा प्राइम र नेपाल बैंकको नाफा घट्यो किन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 20, 2023 | 08:00:09 AM मा प्रकाशित

laxmi  sunrise bank

चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा प्राइम र नेपाल बैंकले खुद मुनाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेका छन्। गत आर्थिक वर्षको यस अवधिसंगको तुलनामा प्राइमको खुद मुनाफा २६ करोडले घटेको छ भने नेपाल बैंकको मुनाफा ३२ करोडले घटेको छ। 

यस अवधिमा प्राइमले २ अर्ब ४६ करोड खुद मुनाफा आर्जन गरेको छ भने नेपाल बैंकले १ अर्ब ७८ करोड खुद मुनाफा आर्जन गरेको छ। दुवै बैंकले सम्भावित जोखिम व्यवस्थापनका लागि ठुलो रकम व्यवस्थापन गर्नुपर्दा नाफा घटेको हो। 

ठुलो रकम सम्भावित जोखिम व्यवस्थापन गर्नुपर्दाको असर बैंकहरुको वितरणयोग्य मुनाफामा पनि देखिएको छ।  यस अवधिमा प्राइमको वितरणयोग्य मुनाफा ३० करोड १५ लाख रहेको छ भने नेपाल बैंकको वितरण योग्य मुनाफा १८ करोड ७ लाख रुपैयाँ रहेको छ। 

यस अवधिमा प्राइमको खुद ब्याज आम्दानी १८ प्रतिशतले बढेर ५ अर्ब ४७ करोड पुगेको छ भने नेपाल बैंकको खुद ब्याज आम्दानी ३७ प्रतिशतले बढेर ६ अर्ब ४९ करोड पुगेको छ। 

त्यस्तै यस अवधिमा प्राइमको प्रति सेयर आम्दानी १६ रुपैयाँ ९६ पैसा रहेको छ भने बैंकको  मूल्य आम्दानी अनुपात ११.९६ गुणा तथा प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ४१ पैसा रहेको छ। त्यस्तै नेपाल बैंकको प्रति सेयर आम्दानी १६ रुपैयाँ १३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १६.१३ गुणा तथा प्रतिशेयर नेटवर्थ २४१ रुपैयाँ ९७ पैसा रहेको छ।

त्यस्तै यस अवधिमा प्राइमको चुक्तापुंजी १९ अर्ब ४० करोड रहेको छ भने रिजर्भमा ९ अर्ब १९ करोड रहेको छ। त्यस्तै नेपाल बैंकको चुक्तापुंजी १४ अर्ब ६९ करोड रहेको छ भने रिजर्भमा २० अर्ब ८६ करोड रहेको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved