एभरेष्ट र स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा सर्वाधिक बढ्यो, ७ बैंकको नाफामा गिरावट (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 20, 2023 | 10:49:35 AM मा प्रकाशित

laxmi  sunrise bank

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष ७९/८० तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेका छन् । त्रैमास समाप्त भएको ७ दिन भित्र वित्तिय विवरण प्रकाशन गर्नु पर्ने राष्ट्र बैंकको व्यवस्था अनुसार २१ वटै वाणिज्य बैंकहरुले आज वित्तीय विवरण प्रकाशन गरेका हुन् ।विवरण अनुसार कुल २१ बैंक मध्ये ७ वटा बैंकको नाफा घटेको छ भने बाँकि १४ बैंकको खुद नाफा भने बढेको छ ।

प्रतिशतको आधारमा नाफा बढ्नेमा एभरेष्ट बैंक अगाडी

प्रतिशतको आधारमा नाफा बढ्नेमा एभरेष्ट बैंक अगाडी रहेको छ । बैंकको खुद नाफा ६२.६३ प्रतिशतले बढेर २ अर्ब ४६ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकको खुद नाफा १ अर्ब ५१ करोड थियो ।

एभरेष्टपछि स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा ६०.२५ प्रतिशत, नबिल बैंकको नाफा ५२.६३ प्रतिशत, लक्ष्मी बैंकको ४७.३१ प्रतिशत तथा नेपाल एसबिआई बैंकको नाफा ३८.७१ प्रतिशत बढेको छ ।

अंकमा नबिल अगाडी

अंकको आधारमा भने नबिल बैंक अगाडी रहेको छ । नबिल बैंकले यस अवधिमा ५ अर्ब ११ करोड नाफा कमाएको छ । त्यस्तै ग्लोबल आईएमई बैंकले ४ अर्ब ३५ करोड, एनआईसी एसियाले ४ अर्ब १ करोड तथा राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ५७ करोड नाफा कमाएको छ ।

७ वटा बैंकको नाफा घट्यो

प्रकाशित विवरण अनुसार ७ वटा बैंकको खुद नाफा घटेको छ । जस मध्ये कृषि विकास बैंकको नाफा सर्वाधिक ४५.३६ प्रतिशतले घटेको छ भने सिद्धार्थ बैंकको नाफा २८.६५ प्रतिशतले घटेको छ ।

बैंकको कुल नाफा

यस अवधिमा बैंकहरुको कुल नाफा नाफा ४८ अर्ब ७० करोड रहेको छ ।

हेर्नुस् नाफा विवरण 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved