यस कारण लिभर्टी इनर्जी, शाहस उर्जा र शिवश्री हाइड्रोको नाफा घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2023 | 10:48:17 AM मा प्रकाशित

laxmi  sunrise bank

लिभर्टी इनर्जी, शाहस उर्जा र शिवश्री हाइड्रोपावरले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा नोक्सानी भएको वित्तीय विवरण सार्वजनिक गरेका छन्। खर्च बढेको लगायतका कारणले नाफा घटेको उनीहरुको वित्तीय विवरणमा उल्लेख छ। 

यस आर्थिक वर्षको चैत मसान्तसम्ममा लिभर्टी ७ करोड ९९ लाख नोक्सानीमा छ भने शिवश्री हाइड्रो २३ करोड ७९ लाख नोक्सानीमा छ। त्यस्तै  शाहज उर्जाको नाफा ३१ करोड ६२ लाखले घटेको छ। 

गत आर्थिक वर्षको यस अवधिमा लिभर्टी १ करोड ९९ लाख र शिवश्री हाइड्रो २८ करोड ९० लाख नोक्सानीमा थिए भने शिवश्री हाइड्रोको नाफा ५८ करोड १३ लाख थियो। लिभर्टीले १४ करोड १९ लाख रुपैयाँ वित्तीय नोक्सानी भएकाले नाफा प्रभावित भएको कारण देखाएको छ भने शिवश्रीले पनि ३१ करोडले वित्तीय नोक्सानी बढेको तथा प्रशासनिक खर्च बढेकाले नोक्सानी ब्योहोर्नुपरेको जनाएको छ। त्यस्तै शाहस उर्जाले पनि १ करोड ६७ लाखले प्रशासनिक खर्च बढेकाले नाफा प्रभावित भएको जनाएको छ। 

यद्दपि लिभर्टीले बिजुली बिक्रि गरेर १३ करोड ११ लाख आम्दानी गरेको छ। त्यस्तै लिभर्टीले प्रशासनिक तथा अन्य खर्च ६५ प्रतिशतले घट्दा थप नोक्सानी नबढेको जनाएको छ। यस अवधिमा लिभर्टीको चुक्तापुंजी १ अर्ब ५० करोड रहेको  छ। त्यस्तै प्रति सेयर आम्दानी नेगेटिभ ५ रुपैयाँ ३३ पैसा छ भने प्रति सेयर नेटवर्थ ८३ रुपैयाँ ३ पैसा छ। 

त्यस्तै शिवश्री हाइड्रोले आफ्नो वित्तीय विवरणमा प्रशासनिक तथा अन्य वित्तीय कारणले नोक्सानी ब्योहोर्नुपरेपनि बिजुली विक्रीको आम्दानिले नोक्सानी भरपाई गर्न सहयोग मिलेको जनाएको छ। यस अवधिमा २६ करोड ८० लाख रुपैयाँ बराबरको आम्दानी बिजुली बिक्रीबाट भएको जनाएको छ। 

यस अवधिमा शिवश्री हाइड्रोको चुक्तापुंजी १ अर्ब ४७ करोड छ भने रिजर्भ तथा सरप्लस नेगेटिभ रहेको छ। त्यस्तै प्रति सेयर आम्दानी नेगेटिभ १६ रुपैया १२ पैसा र प्रति सेयर नेटवर्थ ५९ रुपैयाँ ७३ पैसा छ। 

त्यस्तै शाहस उर्जाले बिजुली विक्रीबाट करिब २१ करोड आम्दानी भएको जनाएको छ। यस अवधिमा शाहस उर्जाको चुक्तापुंजी ३ अर्ब ५० करोड छ भने रिजर्भमा २ अर्ब ३६ करोड छ। प्रति सेयर आम्दानी १० रुपैयाँ १० पैसा र प्रति सेयर नेटवर्थ १६७ रुपैयाँ ५३ पैसा तथा मुल्य आम्दानीको अनुपात ६९ दशमलव ०३ गुणा छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved