नेपाल टेलिकमको आम्दानी घट्यो, नाफा भने बृद्धि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 13, 2024 | 11:09:46 AM मा प्रकाशित

nepal oil ltd

नेपाल टेलिकमले चालू आर्थिक वर्ष २०८०/ ०८१ को तेस्रो त्रैमासिकको वित्तीय विवरण सोमबार प्रकाशित गरेको छ ।

कम्पनीको चालू आवको तेस्रो त्रैमासिक अवधिसम्मको कुल आय ३१ अर्ब २० करोड ४८ लाख ५८ हजार  रुपैयाँ छ । उक्त रकम गत आवको सोही अवधि (२०७९ चैत्र मसान्त) को कुल आय  ३३ अर्ब २० करोड ८५ लाख ६५ हजार रुपैयाँको तुलनामा २ अर्ब ३७ लाख ७ हजार रुपैयाँ अर्थात् ६.०३ प्रतिशतले कमी हो ।

यसैगरी, कम्पनीको चालू आवको तेस्रो त्रैमासिक अवधिसम्मको कुल सञ्चालन आय  २५ अर्ब ४८ करोड १२ लाख ८९ हजार रुपैयाँ  छ। उक्त रकम गत आवको सोही अवधि (२०७९ चैत्र मसान्त) को कुल सञ्चालन आय २७ अर्ब ३४ करोड ६६ लाख ४७ हजार रुपैयाँको तुलनामा १अर्ब ८६ करोड ५३ लाख ५८ हजार रुपैयाँ अर्थात् ६.८२ प्रतिशतले कमी भएको  छ ।

त्यस्तै  कम्पनीले चालू आवको तेस्रो त्रैमासिक अवधिसम्मको ५ अर्ब५९ करोड ३७ लाख ६८ हजार रुपैयाँ मुनाफा कमाएको छ । उक्त रकम गत आवको सोही अवधि(२०७९ चैत मसान्त) को खुद मुनाफा ५ अर्ब ४१ करोड १९ लाख ७४ हजार रुपैयाँको तुलनामा  १८ करोड १७ लाख ९३ हजार रुपैयाँ अर्थात् ३.३६ प्रतिशतले बढी हो ।

कम्पनीले ओटीटी सेवाको बढ्दो प्रयोगका कारण अन्तरआवद्धता आयमा गत आवको तेस्रो त्रैमासिक अवधिको तुलनामा करिब ९४ करोड ४९ लाख २९ हजार रुपैयाँले कमी आएको पनि बताएको छ ।

बैंक ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब ५० करोड ७४ लाख रुपैयाँले कमी  भएको  कम्पनीले बताएको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी यस त्रैमासिक अवधिमा ४१.४४ रुपैयाँ छ । चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ५१२.९९ रुपैयाँ  छ । १८ अर्ब रुपैयाँ चुक्तापूँजी रहेको उक्त कम्पनीको जगेडा कोषमा ७४ अर्ब ३३ करोड ८६ लाख रुपैयाँ सञ्चित छ।


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved