
समाज लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्ष २०८०/ ०८१ को तेस्रो त्रैमासिक वित्तीय विवरण मंगलबार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनी उक्त अवधिसम्ममा २२ लाख ९८ हजार रुपैयाँ नोक्सानीमा छ । गत आवको यसै अवधिमा भने कम्पनीले ७५ लाख ८२ हजार रुपैयाँ नाफा कमाएको थियो ।
चालू आवमा कम्पनीले सम्भावित जोखिम बापतको व्यस्थामा धेरै रकम छुट्याउँदा घाटामा रहेको हो । गत आवमा कम्पनीको सम्भावित जोखिम बापत १ करोड ७४ लाख रुपैयाँ रहेको थियो । कम्पनीले चालू आवमा भने उक्त शिर्षकमा २ करोड ५८ लाख रुपैयाँ छुट्याएको छ ।
त्यस्तै,कम्पनीको खुद ब्याज आम्दानी पनि गत आवको तुलनामा चालू आवमा ४८.५३ प्रतिशतले घटेको छ । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी १ करोड ९३ लाख रुपैयाँ रहेकोमा चालू आवमा घटेर ९९ लाख ५४ हजार रुपैयाँ कायम भएको छ ।
कम्पनीले तेस्रो त्रैमाससम्ममा जगेडामा २ करोड १८ लाख रुपैयाँ सञ्चिति गरेको छ । सो अवधिमा कम्पनीले ४२ करोड ४३ लाख रुपैयाँ कर्जा लगानी गरेको हो ।
कम्पनीको प्रतिशेयर आम्दानी १०.६ रुपैयाँ ऋणात्मक छ । त्यसैगरी, कम्पनीको प्रतिशेयर नेटवर्थ १९५.५१ रुपैयाँ छ । धितोपत्रको दोस्रो बजारमा हाल कम्पनीको शेयर मूल्य प्रतिकित्ता २ हजार रुपैयाँभन्दा बढी छ ।कम्पनीको चुक्तापूँजी २ करोड २८ लाख रुपैयाँ छ ।