दोस्रो त्रैमासमा नेपाल पुनर्बीमा कम्पनीले बढायो नाफा, यस्ता छन् अन्य सूचक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 23, 2024 | 10:16:45 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पुनर्बीमा कम्पनीले चालू आर्थिक वर्ष २०८०/०८१ को दोस्रो त्रैमासको वित्तीय विवरण बिहीबार सार्वजनिक गरेको छ। 

जसअनुसार  कम्पनीको खुद नाफा चालू आर्थिक वर्षको दोस्रो त्रैमासम्ममा बढेको छ । दोस्रो त्रैमासको अन्त्यसम्मा कम्पनीको खुद नाफा १५.४८ प्रतिशतले बढेको हो । 

 कम्पनीले चालू आवको पहिलो त्रैमासमा भने ४७ करोड ५६ लाख रुपैयाँ घाटा व्यहोरेको थियो । 

गत आवको दोस्रो त्रैमाससम्म कम्पनीले २९ करोड २४ लाख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीले यस्तो नाफा चालू आवको सोहि अवधिमा बढाएर ३३ करोड ७७ लाख ५८ हजार रुपैयाँ पुरयाएको छ । 

चालू आवको दोस्रो त्रैमासम्म कम्पनीले ३ अर्ब ४१ करोड ४२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । 

कम्पनीले दिर्घकालिन रुपमा ३ अर्ब ७१ करोड ५५ लाख र अल्पकालिन रुपमा १६ अर्ब ९७ करोड ४१ लख रुपैयाँ लगानी विभिन्न क्षेत्रमा लगानी गरेको छ ।

 कम्पनीको प्रतिशेयर आम्दानी २.६४ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १४५.७५ रुपैयाँ छ । कम्पनीको हाल १२ अर्ब ८१ करोड ३५ लाख रुपैयाँ चुक्तापूँजी छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved