बोटलर्स नेपालका दुबै कम्पनीको नाफा घट्यो,व्यापार घट्दा नाफामा असर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 23, 2024 | 10:49:20 AM मा प्रकाशित

laxmi  sunrise bank

बोटलर्स नेपालका दुबै कम्पनीको खुद नाफा घटेको छ  ।

बिहीबार प्रकाशित चालू आर्थिक वर्ष २०८०/ ०८१ को अपरिस्कृत वित्तीय विवरण अनुसार बोटलर्स नेपाल अन्तरगतका बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) लिमिटेडको खुद नाफा घटेको हो।

चालू आवको नौ महिनासम्ममा काठमाडौंको बालाजुमा प्लान्ट रहेको बोटलर्स नेपाल लिमिटेडले ३ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आवको सोहिअवधिको तुलनामा ९१.१० प्रतिशतले कमी हो ।

कम्पनीले गत आवको सोहि अवधिसम्ममा ४० करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । ।तर कम्पनीको तेस्रो त्रैमासको नाफा भने गत आवको सोहि अवधिको तुलनामा बढेको छ।

कम्पनीको सञ्चालन आम्दानी घटेका लागि खुद नाफा पनि घटेको देखिन्छ। समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ८ अर्ब २१ करोड ८४ लाख रुपैयाँबाट घटेर ७ अर्ब १८ करोड ४३ लाख रुपैयाँमा झरेको छ। त्यस्तै, कम्पनीको कुल नाफा २ अर्ब २८ करोड ७५ लाख रुपैयाँबाट घटेर २ अर्ब ४ करोड ११ लाख रुपैयाँमा सीमित छ।

चैत मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ६९१ गुणा छ भने प्रतिशेयर नेटवर्थ ३ हजार २२९ रुपैयाँ छ।कम्पनीको जगेडा कोषमा ५ अर्ब ७० करोड ९८ लाख रुपैयाँ सञ्चित छ। कम्पनीको चुक्तापूँजी १९ करोड ४८ लाख रुपैयाँ छ  ।

यसैगरी, चितवनमा प्लान्ट रहेको बोटलर्स नेपाल (तराई) लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २६ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आवको सोहि अवधिको तुलनामा २७.५८ प्रतिशतले कमी हो।

गत आवको सोहि अवधिमा कम्पनीले ३६ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। तर कम्पनीको तेस्रो त्रैमासको नाफा भने गत आवको सोही अवधिको तुलनामा बढेको छ।

कम्पनीको सञ्चालन आम्दानी उल्लेख्य घटेसँगै खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ५ अर्ब ९९ करोड ४० लाख रुपैयाँबाट घटेर ५ अर्ब ८१ करोड ३६ लाख रुपैयाँमा झरेको छ। त्यस्तै, कम्पनीको कुल नाफा १ अर्ब ५८ करोड २६ लाख रुपैयाँ बढेर १ अर्ब ५९ करोड ९१ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको सञ्चालन मुनाफा भने ५८ करोड ८८ लाख रुपैयाँबाट घटेर ४८ करोड ६७ लाख रुपैयाँमा सीमित छ।कम्पनीको जगेडा कोषमा ३ अर्ब ९८ करोड ८९ लाख रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ४४ गुणा छ भने प्रतिशेयर नेटवर्थ ३ हजार ३९७ रुपैयाँ छ।

कम्पनीको चुक्तापूँजी १२ करोड १० लाख रुपैयाँ छ  ।धितोपत्र बजारमा बोटलर्स नेपाल लिमिटेडको बुधबारको अन्तिम शेयरमूल्य प्रतिकित्ता १५ हजार ७४६ रुपैयाँ छ भने बोटलर्स नेपाल (तराई) लिमिटेडको शेयरमूल्य प्रतिकित्ता १२ हजार ८०० रुपैयाँ छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved