
चिरख्वा हाइड्रोपावरले चालू आर्थिक वर्ष २०८० ०८१ को तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सोमबार सार्वजनिक गरेको छ
उक्त वित्तीय विवरण अनुसार कम्पनी उक्त अवधिसम्ममा १२ लाख ४१ हजार रुपैयाँ नोक्सानीमा छ ।गत पुस मसान्त मसान्तसम्ममा कम्पनी ८ लाख ७९ हजार रुपैयाँ नोक्सानीमा थियो ।अवधिमा कम्पनीको रिटेन्ड अर्निङ ४७ लाख रुपैयाँ ऋणात्मक छ ।
समीक्षा अवधिसम्ममा कम्पनीको कर्मचारी खर्च ५ लाख १४ हजार रुपैयाँ र प्रशासनिक खर्च ७ लाख २६ हजार रुपैयाँ छ ।
हालसम्म कम्पनीले विद्युत बिक्रीबाट आम्दानी भने गरेको छैन । कम्पनीको प्रतिशेयर आम्दानी ०.३१ रुपैयाँ ऋणात्मक छ भने प्रतिशेयर नेटवर्थ ९८.८२ रुपैयाँ छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिशेयर कुल सम्पत्तिको मूल्य २७८.६८ रुपैयाँ, मूल्य आम्दानी अनुपात १७४३.९४ गुणा ऋणात्मक र तरलता अनुपात ०.२३ प्रतिशत छ ।
कम्पनीको चुक्तापूँजी ४० करोड रुपैयाँ छ ।