१० महिनामा बैंकहरुको खुद नाफा आधा खर्बः नबिल शिर्षमा, ग्लोबल र एनआईएमबी पछ्याउँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2024 | 06:25:34 PM मा प्रकाशित

चालु आर्थिक वर्षको १० महिनामा वाणिज्य बैंकहरुले आधा खर्ब खुद नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले जारी गरेको विवरण अनुसार २० वटा वाणिज्य बैंकहरुले चालु आवको वैशाख मसान्तसम्म ४८ अर्ब ६० करोड बढी खुद नाफा आर्जन गरेका छन् । 

जसमध्ये सबैभन्दा धेरै नबिल बैंकले धेरै नाफा आर्जन गरेको छ । नबिलले यो अवधिमा ५ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा आर्जन गर्दा ग्लोबल आइएमई  बैंकले ४ अर्ब १२ करोड र नेपाल ईन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ७७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

त्यसैगरी, प्राइम कमर्सियल बैंकले ३ अर्ब २२ करोड, एभरेष्ट बैंकले २ अब ९८ करोड र कृषि विकास बैंकले २ अर्ब ७० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

कुन बैंकको खुद नाफा कति ?

यो पनि : १० महिनामा विकास बैंकको खुद नाफा सवा ३ अर्ब, ५ वटा घाटामा

१० महिनामा फाइनान्स कम्पनीहरुको घाटा ७० करोड, कसको कति ?

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved