विकास बैंकको खुद नाफा सवा ३ अर्ब, ५ वटा घाटामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2024 | 06:56:02 PM मा प्रकाशित

laxmi sunrise bank

विकास बैंकहरुले चालु आर्थिक वर्षको १० महिनामा ३ अर्ब १७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले जारी गरेको विवरण अनुसार चालु आवको १० महिनामा १२ विकास बैंकले उक्त रकम खुद नाफा आर्जन गरेका हुन् । 

५ वटा विकास बैंक यो अवधिमा घाटामा व्योहोर्न वाध्य रहेको विवरणमा उल्लेख छ । 

नाफा कमाउनेको अर्गस्थानमा मुक्तिनाथ विकास बैंक रहेको छ । मुक्तिनाथले चालु आवको वैशाख मसान्तसम्म करिब ९९ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यसैगरी, गरिमा विकास बैंकले ७५ करोड ७४ लाख र साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ५८ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

घाटा व्योहोर्नेहरुमा एक्सेल डेभलपमेन्ट बैंक, सप्तकोशि डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायाणी डेभलपमेन्ट बैंक र सलपा विकास बैंक रहेका छन् । 

कुन विकास बैंकका खुद नाफा घाटा कति ? 

यो पनि : १० महिनामा बैंकहरुको खुद नाफा आधा खर्बः नबिल शिर्षमा, ग्लोबल र एनआईएमबी पछ्याउँदै

१० महिनामा फाइनान्स कम्पनीहरुको घाटा ७० करोड, कसको कति ?

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved