१० महिनामा फाइनान्स कम्पनीहरुको घाटा ७० करोड, कसको कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2024 | 07:58:29 PM मा प्रकाशित

चालु आर्थिक वर्षको १० महिनामा फाइनान्स कम्पनीहरुको खुद घाटा ७० करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको मासिक विवरण अनुसार चालु आवको वैशाख मसान्तसम्म ८ वटा फाइनान्स कम्पनीको खुद घाटा ६९ करोड २६ लाख रुपैयाँ रहेको छ । 

१७ फाइनान्स कम्पनीमध्ये ९ वटाले भने नाफा आर्जन गरेका छन् । सबैभन्दा धेरै नाफा कमाउनेमा मन्जुश्री फाइनान्स रहेको छ । मन्जुश्रीले २० करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गर्दा गोर्जाज फाइनान्सले ६ करोड ५३ लाख र आइसीएफसी फाइनान्सले ४ अर्ब ८९ करोड आर्जन गरेका छन् । 

यता धेरै घाटा व्योहोर्ने कम्पनीमा पोखरा फाइनान्स रहेको छ । पोखराले यो अवधिमा १७ करोड ३३ लाख रुपैयाँ घाटा व्योहोरेको छ । त्यसैगरी, समृद्धि फाइनान्सले १३ करोड ३६ लाख र जानकी फाइनान्सले ९ करोड ६९ लाख रुपैयाँ खुद घाटा व्योहोरेको छ । 

कुन कम्पनीको नाफा घाटा कति ? 

यो पनि :

१० महिनामा विकास बैंकको खुद नाफा सवा ३ अर्ब, ५ वटा घाटामा

१० महिनामा बैंकहरुको खुद नाफा आधा खर्बः नबिल शिर्षमा, ग्लोबल र एनआईएमबी पछ्याउँदै

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved