सिद्धार्थ बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा थोरैले मात्रै खुद मुनाफा घटेको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
अघिल्लो आर्थिक वर्ष ३ अर्ब १६ करोड खुद मुनाफा आर्जन गरेको सिद्दार्थ बैंकले गत आर्थिक वर्ष ३ अर्ब १ करोड खुद मुनाफा आर्जन गरेको छ।
बैंकले ३ अर्ब खुद मुनाफा आर्जन गरेपनि १ अर्ब ४६ करोड डिबेन्चर बापत र २१ करोड ८३ लाख रुपैयाँ बार्गेन पर्चेज बापत तिर्नुपर्दा वितरणयोग्य मुनाफा ३६ करोड ६० लाखमा सिमित भएको छ। वितरणयोग्य मुनाफाको भोलुम नै घटेपछि बैंकको प्रति शेयर लाभांश क्षमता पनि २ दशमलब ६० प्रतिशतमा खुम्चिएको छ। अघिल्लो आर्थिक वर्ष लाभांश क्षमता ४ दशमल ७१ प्रतिशत थियो।
यस अवधिमा बैंकको खराब कर्जा अनुपात ० दशमलब ९६ प्रतिशतबाट घटेर ० दशमलब ७५ प्रतिशतमा झरेको छ भने ब्याजको आधार दर ९ दशमलब ९१ प्रतिशतबाट ८ दशमलब ११ प्रतिशतमा झरेको छ।
बैंकको आधार दर घटेकाले आगामी दिनमा बैंकबाट कर्जा लिएका र लिनेको ब्याज सस्तो पर्नेछ।