माछापुछ्रेको निक्षेप ४ अर्बले बढ्दा नाफा १ अर्ब २५ करोड, लाभांश क्षमता कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2024 | 12:10:58 PM मा प्रकाशित

माछापुछ्रे बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा खुद मुनाफा घटेको अप्रस्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ। अघिल्लो आर्थिक वर्ष १ अर्ब ६२ करोड खुद मुनाफा गरेको माछापुछ्रेले गत आर्थिक वर्ष १ अर्ब २५ करोड  खुद मुनाफा आर्जन गरेको छ। 

बैंकले १ अर्ब २५ करोड खुद मुनाफा आर्जन गर्दा शेयरधनीलाई वितरणयोग्य मुनाफा भने ४६ करोड ६६ लाख रहेको छ। रिजर्भमा २५ करोड र संस्थागत सामाजिक उत्तर दायित्वको लागि १ करोड छुट्याउदा तथा उठ्न नसकेको सावाँ ब्याजको लागि प्रोभिजन गर्नुपर्दा बैंकको वितरणयोग्य प्रभावित भएको देखिन्छ। 

जस कारण गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट बैंकले ४ दशमलब ०१ प्रतिशत लाभांश दिन सक्नेछ। अघिल्लो आर्थिक वर्ष बैंकको लाभांश क्षमता १४ दशमलब १२ प्रतिशत थियो। त्यस्तै गत आर्थिक वर्ष बैंकको आधार दर १० दशमलब ७४ प्रतिशतबाट घटेर ८ दशमलब २६ प्रतिशतमा झरेको छ। यसले बैंकका ऋणीलाई ब्याजमा धेरै राहत मिल्ने देखिन्छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved