नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष उल्लेख्य प्रगति गरेको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
नेपाल लाइफले अघिल्लो आर्थिक वर्षको तुलनामा १२ करोड अर्थात करिब ३१ प्रतिशतले बढाएर ५१ करोड ३९ लाख खुद मुनाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको यस अवधिमा ३९ करोड २९ लाख खुद मुनाफा गरेको थियो।
गत आर्थिक वर्ष नेपाल लाइफको खुद प्रिमियम करिब १० प्रतिशतले बढेर ४०अर्ब ११ करोड पुगेको छ। नेपाल लाइफको जीवन बीमा कोषमा १ खर्ब ९८ अर्ब रहेको छ। त्यस्तै रिटेंन अर्निंग ५२ करोड ८४ लाख रुपैयाँ छ भने प्रकोप रिजर्भमा १ अर्ब ९ करोड रहेको छ।
गत आर्थिक वर्ष नेपाल लाइफले दाबी बापत ४९ अर्ब ४६ करोड भुक्तानी गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा करिब १३ प्रतिशतले बढी हो।
यस अवधिमा नेपाल लाइफको प्रतिशेयर आम्दानी ६ रुपैयाँ २६ पैसा छ भने प्रतिशेयर नेटवर्थ १२९ रुपैयाँ ११ पैसा छ। त्यस्तै मूल्यआम्दानीको अनुपात ९८.८८ गुणा छ।