आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था नाफामा आएको छ। अघिल्लो आर्थिक वर्ष ६ करोड घाटामा रहेको कम्पनीले गत आर्थिक वर्ष ४ करोड ३५ लाख खुद मुनाफा आर्जन गरेको छ।
४ करोड ३५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको कम्पनीसँग गत आर्थिक वर्ष ८ करोड ३२ लाख रुपैयाँ वितरणयोग्य मुनाफा छ। जुन शेयरधनीलाई बाँड्न मिल्ने नाफा प्रतिशेयरका हिसाबले करिब ४ रुपैयाँ ४२ पैसा हो।
मूल आम्दानी करिब ७० लाखले घटे पनि प्रोभिजनको भार कम हुँदा उसको खुद आम्दानी सकारात्मक बन्न पुगेको हो। यस अवधिमा कम्पनीको चुक्तापूँजी ३६ करोड ७१ लाख छ भने रिजर्भमा १६ करोड छ।
यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ८५ पैसा, प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ ९३ पैसा र मुल्य आम्दानीको अनुपात १०३.७६ गुणा छ।