सर्वसाधारणको लागि प्रतिकित्ता ४३५ रुपैयाँमा साधारण शेयर बिक्रीमा ल्याएको घोराही सिमेन्ट घाटामा गएको छ।
अघिल्लो आर्थिक वर्षमा ६ करोड ३१ लाख नाफामा रहेको उक्त कम्पनी गत आर्थिक वर्षमा भने १ अर्ब २० करोडले घाटामा गएको छ।
बुधबार सार्वजनिक गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीे ४ अर्ब ४७ करोडको सिमेन्ट बिक्री गर्दा पनि गत आवमा १ अर्ब ३१ करोड ८८ लाख ८४ हजारले घाटामा गएको छ।
बिक्री लागत तथा सञ्चालन खर्च अत्यधिक बढ्दा कम्पनी गत आवमा घाटामा गएको देखिन्छ।
यसअवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २६ रुपैयाँ ६८ पैसाले ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ २०७ रुपैयाँ ९३ पैसा छ। यस अवधिमा कम्पनीको चुक्तापूँजी ४ अर्ब ५६ करोड रहेको छ भने रिजर्भ कोषमा करिब ८ करोड रुपैयाँ छ।