नेपाल टेलिकमको मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामामा करिब १७ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्ष ७ अर्ब ९२ करोड खुद मुनाफा आर्जन गरेको कम्पनी गत आर्थिक वर्ष ६ अर्ब ६१ करोडको मुनाफामा सिमित भएको छ।
त्यस्तै कम्पनीको आम्दानी पनि साढे ६ प्रतिशतले घटेर ४४ अर्ब ४२ करोडमा खुम्चिएको छ । अघिल्लो आर्थिक वर्ष कम्पनीको आम्दानी ४१ अर्ब ६१ करोड थियो। रकममा टेलिकको आम्दानी २ अर्ब ८० करोडले कम हो।
त्यस्तै कम्पनीको सञ्चालन आम्दानी पनि झन्डै ५ प्रतिशतले घटेर ३४ अर्ब ४६ करोडमा सिमित भएको छ। अघिल्लो आर्थिक वर्ष संचालन आम्दानी ३६ अर्ब २७ करोड थियो। यस अवधिमा टेलिकमको प्रतिशेयर आम्दानी ३६ रुपैयाँ ७७ पैसा छ।