प्रिमियममा आईपीओ बेचेको सोनापुर घाटामा, प्रतिशेयर आम्दानी ऋणात्मक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 15, 2024 | 08:54:42 AM मा प्रकाशित

सर्वसाधारणलाई प्रिमियममा साधारण शेयर (आईपीओ) बेचेको सोनापुर मिनारल्स एण्ड आयल लिमिटेड घाटामा भएको छ।

अघिल्लो आर्थिक वर्ष २ करोड ६२ लाख खुद मुनाफामा रहेको सोनापुर गत आर्थिक वर्ष ४६ करोड ९२ लाख रुपैयाँले घाटामा गएको हो। 

१ अर्ब ६३ करोडको आम्दानी गरेपनि विक्री लागत तथा संचालन खर्चसंगै वित्तीय लागत धेरैले बढेकाले घाटा भएको सोनापुरले सार्वजनिक गरेको अप्रस्क्रित वित्तिय विवरणमा उल्लेख छ। 

यस अवधिमा सोनापुरको प्रतिशेयर आम्दानी ऋणात्मक १५ रुपैयाँ २६ पैसा, प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ २४ पैसा छ। त्यस्तै यसअवधिमा सोनापुरको चुक्तापूँजी ३ अर्ब  छ भने रिजर्भमा २९ करोड छ। 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved