समकक्षी घाटामा जाँदा सर्वोत्तम सिमेन्टले जोगायो आफ्नो शाख

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 15, 2024 | 09:04:07 AM मा प्रकाशित

laxmi sunrise bank

शेयर बजारमा सुचिकृत अरु सिमेन्ट उत्पादन कम्पनी घाटामा जाँदा सर्वोत्तम सिमेन्टले भने आफ्नो शाख जोगाएको छ। समकक्षीहरु चालू आर्थिक वर्षमा नै ऋणात्मक रहेको बेला सर्वोत्तम सिमेन्टले भने १७ करोड ४२ लाख खुद मुनाफा आर्जन गरेको छ। यद्दपि अघिल्लो आर्थिक वर्षको तुलनामा सर्वोत्तमको यो खुद मुनाफा करिब ४ करोडले कम हो। 

यस अवधिमा सर्वोत्तमले ६ अर्ब ३७ करोडको सिमेन्ट बिक्रि गर्दा उसको बिक्रि लागत, संचालन लागत र वित्तिय लागत केहि बढेकाले खुद मुनाफा १७ करोड ४२ लाखमा खुम्चिएको सर्वोत्तमले जारी गरेको अप्रस्क्रित वित्तिय विवरणमा उल्लेख छ। 

यस अवधिमा सर्वोत्तमको प्रति शेयर आम्दानी ३ रुपैया ७५ पैसा, प्रति शेयर नेटवर्थ १९८ रुपैयाँ ८३ पैसा रहेको छ। त्यस्तै यस अवधिमा सर्वोत्तमको चुक्तापुंजी ४ अर्ब ६५ करोड रहेको छ भने रिजर्भमा ३३ करोड रहेको छ। 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved