कालिञ्चोक दर्शनको नाफा करिब ८% ले बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 15, 2024 | 09:58:10 AM मा प्रकाशित

laxmi sunrise bank

कालिञ्चोक दर्शनले गत आर्थिक वर्ष(आव) २०८०/८१ को अपरिष्कृत वित्तीय विवरण बिहीबार प्रकाशित गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको नाफा अघिल्लो आवको तुलनामा गत आर्थिक वर्ष ७.७ प्रतिशतले बढेको छ ।

कम्पनीले गत आवमा २ करोड ६६ लाख रुपैयाँ नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको यस्तो नाफा २ करोड ४७ लाख रुपैयाँ थियो ।

समीक्षा अवधिसम्ममा कम्पनीको सञ्चालन आम्दानी २२ प्रतिशतले बढेको छ । गत आवमा कम्पनीको यस्तो आम्दानी ८१ करोड ५१ लाख छ ।अघिल्लो आवमा भने कम्पनीको सञ्चालन आम्दानी ६६ करोड ६३ लाख थियो ।

कम्पनीको वित्तीय लागत भने २१ प्रतिशतले बढेको देखिन्छ । अघिल्लो आवमा वित्तीय लागत १ करोड ५० लाख रहेकोमा गत आर्थिक वर्ष १ करोड ८३ लाख छ ।समीक्षा अवधिसम्ममा कम्पनीको वित्तीय खर्च २१.७३ प्रतिशतले बढेको छ।

कम्पनीको रिजर्भ कोषमा ७७ लाख ७३ हजार रुपैयाँ मात्र सञ्चित छ।सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १००.७५ रुपैयाँ छ।कम्पनीको प्रतिशेयर आम्दानी ४.४७ रुपैयाँ छ । कम्पनीको चुक्तापूँजी ५९ करोड ६३ लाख रुपैयाँ छ । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved