बैंक वित्तिय संस्थाको खुद मुनाफा १० अर्ब नाघ्यो, बैंकमा ग्लोबल चम्किदा शाइन पनि उदायो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2024 | 07:05:27 PM मा प्रकाशित

चालू आर्थिक वर्षको पहिलो त्रैमासको पहिलो महिना साउनमा बैंक बित्तिय संस्थाहरुले १० अर्ब २६ करोड खुद मुनाफा आर्जन गरेका छन्। जसमा बैंकहरुले ९ अर्ब १७ करोड आर्जन गरेका छन् भने विकास बैंक र फाइनान्स कम्पनीले क्रमश : ८५ करोड ४० लाख र २३ करोड ६० लाख आर्जन गरेका छन्। 

पहिलो एक महिनामा बैंकहरुले ९ अर्ब २७ करोड खुद मुनाफा आर्जन गर्दा सबैभन्दा बढी ग्लोबल आइएमई बैंकले ८९ करोड २४ लाख आर्जन गरेको छ भने दोस्रो र तेस्रोमा रहेका नबिल र कृषि विकास बैंकले क्रमश: ८० करोड ३३ लाख र ७१ करोड २० लाख आर्जन गरेका छन्। 

त्यस्तै विकास बैंकहरुले ८५ करोड  ४० लाख खुद मुनाफा आर्जन गर्दा सबैभन्दा बढी बुटवल केन्द्रिय कार्यालय रहेको शाइन रेशुङ्गा विकास बैंकले २० करोड २० लाख आर्जन गरेको छ। त्यस्तै दोस्रो र तेस्रोमा रहेका मुक्तिनाथ विकास बैंक र गरिमाले क्रमश १६ करोड ९६ लाख र ९ करोड ४० लाख आर्जन गरेका छन्। 

त्यस्तै फाइनान्स कम्पनीले २३ करोड ६० लाख खुद मुनाफा आर्जन गर्दा सबैभन्दा बढी प्रोग्रेसिभ फाइनान्सले ८ करोड ८३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। त्यस्तै दोस्रो र तेस्रो स्थानमा रहेका आइसीएफसी र गुहेश्वरी मर्चेन्टले क्रमश २ करोड ८५ लाख र २ करोड ५९ लाख आर्जन गरेका छन्। 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved