४ प्रतिशतले घट्यो नेपाल इन्भेष्टमेन्ट मेगाको नाफा, अरु सूचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 23, 2024 | 09:26:28 AM मा प्रकाशित

laxmi sunrise bank

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ४६ करोड खुद मुनाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको यस अवधिसंगको तुलनामा करिब ४ प्रतिशतले कम हो। 

यस अवधिमा बैंकको चुक्तापूंजी ३४ अर्ब १२ करोड रहेको छ भने रिजर्भमा ३१ अर्ब २९ करोड छ। त्यस्तै यस अवधिमा बैंकको रिटेन अर्निग नेगेटिभ २ करोड ५१ लाख रहेको छ। 

यस अवधिमा बैंकको निक्षेप ४ खर्ब ३३ अर्ब पुगेको छ भने कर्जा प्रवाह ३ खर्ब २४ अर्ब पुगेको छ। त्यस्तै बैकको मुख्य आम्दानीको रुपमा लिईने खुद ब्याज आम्दानी करिब ७ प्रतिशतले घटेर ३ खर्ब ८७ अर्बमा सिमित भएको छ। 

यस अवधिमा बैंकको संस्थागत खर्च करिब १ अर्ब पुगेको छ भने इम्पेयरमेन्ट चार्ज ५२ प्रतिशतले बढेर ९७ अर्ब ५१ करोड पुगेको छ।

यस अवधिमा बैंकको प्रति शेयर आम्दानी १७ रुपैयाँ १६ पैसा, प्रति शेयर नेटवर्थ १८४ रुपैयाँ ३३ पैसा, र खराब कर्जा अनुपात ५ दशमलब २० प्रतिशत रहेको छ।  बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५१ करोड रहेको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved