९० प्रतिशतले बढ्यो हिमालयन डिस्टिलरीको खुद मुनाफा, अरु सूचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 24, 2024 | 08:22:31 AM मा प्रकाशित

nepal oil ltd

हिमालयन डिस्टिलरी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १९ करोड ८८ लाख खुद मुनाफा आर्जन गरेको ।  जुन गत आर्थिक वर्षको यस अवधिसंगको तुलनामा ८९ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको यस अवधिमा १० करोड ५१ लाख खुद मुनाफा गरेको थियो। 

डिस्टिलरीको मूख्य आम्दानीको स्रोत मदिरा विक्री उल्लेख्य रुपमा बढेपछि आम्दानी बढेको हो। डिस्टिलरीको ब्यापार करिब ५३ प्रतिशतले बढेर १ अर्ब ४८ करोड पगेको छ जुन गत आर्थिक वर्षको यस अवधिसंगको तुलनामा झन्डै ४५ करोडले बढी हो। त्यस्तै अरु संचालन आम्दानी पनि करिब १७९ प्रतिशतले बढेर १ करोड ७२ लाख पुगेको छ। 

यस अवधिमा डिस्टिलरीको चुक्तापुंजी २ अर्ब ६७ करोड रहेको छ। त्यस्तै डिस्टिलरीको प्रति शेयर आम्दानी २९ रुपैयाँ ७७ पैसा, मूल्य आम्दानीको अनुपात ४५ दशमलब ८६ गुणा, र प्रति शेयर नेटवर्थ १३३ रुपैयाँ २९ पैसा रहेको छ। 




Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved