सर्वसाधारणलाई प्रिमियममा साधारण शेयर निष्काशनको पर्खाईमा रहेको रिलायन्स स्पिनिङ्ग मिल्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सामान्य प्रगति गरेको वित्तिय विवरण सार्वजनिक गरेको छ।
रिलायन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब ३४ करोड ५८ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ भने २८ करोड ९४ लाख रुपैयाँ कुल नाफा कमाएको छ। जसमा रिलायन्सको खुद मुनाफा ८ करोड ६७ लाख ७९ हजार रुपैयाँ रहेको छ।
कम्पनीको अन्य आम्दानी १ करोड १३ लाख ५५ हजार रुपैयाँ र सञ्चालन मुनाफा २० करोड ३१ लाख ३० हजार रुपैयाँ रहेको छ। असोज मसान्तसम्ममा कम्पनीको वित्तीय खर्च १० करोड ४३ लाख ७४ हजार रुपैयाँ रहेको छ।
१ अर्ब ७० करोड ७३ लाख ४० हजार रुपैयाँ चुक्ता पुँजी रहेको रिलायन्स स्पिनिङ्गले अन्य इक्विटीमा ५ अर्ब ४३ करोड २४ लाख ७५ हजार रुपैयाँ रहेको छ। सो अवधिसम्ममा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १९ रुपौयँ ९५ पैसा रहेको छ।