नेपाल बैंकको खुद मुनाफामा ऐतिहासिक उपलब्धी, ब्यापार बढेर नाफा बढ्यो कि कारण अरु केहि ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2025 | 08:43:41 AM मा प्रकाशित

nepal oil ltd

नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्ममा ऐतिहासिक वित्तीय सुधार गर्दै २ अर्ब ७८ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यही अवधिको तुलनामा २ हजार ३२ प्रतिशतले बढी हो । गत वर्ष सोही अवधिमा बैंकले मात्र १३ करोड रुपैयाँ नाफा कमाएकाे थियो ।

नाफामा देखिएको उल्लेखनीय सुधारको मुख्य कारण बैंकको इम्पेयरमेन्ट चार्जमा आएको तीव्र गिरावट हो । सामान्यतया, भाखा नाघेका कर्जाको लागि बैंकले आफ्नो आम्दानीबाट छुट्याउने रकम अर्थात प्रोभिजनलाई  इम्पेयरमेन्ट चार्ज भन्ने गरिन्छ। यस प्रकारको कर्जामा सावाँ ब्याज असुली हुँदै जाँदा यसरी छुट्याइएको रकम आम्दानीमा गणना हुँदै जान्छ र त्यसले प्रत्यक्ष रुपमा नाफामा असर गर्दछ। नेपाल बैंकको पनि भएको यहि हो। 

अघिल्लो वर्ष ३ अर्ब ६६ करोड रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज चालु आर्थिक वर्षको सोही अवधिमा झरेर २८ करोड २८ लाख रुपैयाँमा सीमित भएकाे छ । यसले बैंकको कुल आम्दानीमा सकारात्मक प्रभाव पारेको हो ।

त्यस्तै, बैंकको खुद ब्याज आम्दानी पनि बढेकाे छ । अघिल्लो वर्षको ६ अर्ब ७७ करोड रुपैयाँको तुलनामा चालु वर्षको तेस्रो त्रैमाससम्ममा यो ७ अर्ब १० करोड रुपैयाँ पुगेको छ । यस्ताे आम्दानी वृद्धिले नाफाको बृद्धिमा थप टेवा पुर्‍याएकाे विश्लेषण गरिएको छ ।

नेपाल बैंकको हाल चुक्ता पुँजी १४ अर्ब ६९ करोड ४० लाख २२ हजार रुपैयाँ पुगेको छ भने जगेडा कोषमा २३ अर्ब ३१ करोड ३४ लाख रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी (EPS) २५.२६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २६०.७४ रुपैयाँ पुगेको छ ।

बैंकको लाभांश वितरण क्षमताको कुरा गर्दा, हाल बैंकले ३० करोड ६२ लाख रुपैयाँ बराबरको वितरण क्षमता बनाएको छ । सोही आधारमा बैंकले २.७८ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ।

विगत केही त्रैमासको तुलनामा यो त्रैमासमा नेपाल बैंकले देखाएको सुधारले नाफामार्फत लगानीकर्ताको भरोसा पुनः कायम गराउने संकेत देखिएको छ । बैंकले सञ्चालन लागत नियन्त्रण, कर्जाको गुणस्तर सुधार, र आन्तरिक सुधार प्रक्रियामार्फत भविष्यमा अझ सशक्त वित्तीय अवस्था देखाउने अपेक्षा गरिएको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved