मल्टिपर्पोजको ८ सय ६४ प्रतिशत हकप्रद बिक्रि खुला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 08, 2019 | 08:08:48 AM मा प्रकाशित

laxmi  sunrise bank

मल्टिपर्पोज फाइनान्स Multipurpose Finance Company Limited ले आज असार २३ गते देखि हकप्रद बिकी खुला गरेको छ । फाइनान्सले  १:८.६४४६९ अनुपातमा ८ सय ६४ दशमलव ४६९ प्रतिशतको दरले ३५ लाख ८५ हजार २ सय ६४ कित्ता हकप्रद निष्काशन गरेको हो । 

 हकप्रद निष्काशनको लागि कम्पनीले असार ११ गते बुक क्लोज गरेकोले असार १० गते सम्म कायम शेयरधनि ले मात्र हकप्रद भर्न सक्ने छन् । शेयर निष्काशनको लागि सिभिल क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । लगानीकर्ता साउन २६ गतेसम्म हकप्रद भर्न सक्ने छन् । 

धितोपत्र बोर्डले जेठ ५ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको हो । हाल कम्पनीको चुक्ता पुंजी ४ करोड १४ लाख रहेकोमा हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पुंजी ४० करोड पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved