हकप्रद निष्काशनको लागि एनएलजी इन्स्योरेन्सको बुक क्लोज मिति तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2020 | 11:07:10 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएलजी इन्स्योरेन्स NLG Insurance Company Limited ले हकप्रद निष्काशनको लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद निष्काशनको लागि माघ २७ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । यस हिसाबमा माघ २६ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन् ।

 कम्पनीले १०:६ को अनुपातमा ६० प्रतिशतले हुन् आउने ३८ लाख ४२ हजार ४ सय ३७ दशमलव ५ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले शेयर निष्काशनको लागि लक्ष्मी क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । हाल कम्पनीको चुक्ता पुंजी ६४ करोड ४ लाख ६ हजार २ सय ५० रुपैयाँ रहेको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved