लकडाउनले रोकिएको प्रुडेन्सियल इन्स्योरेन्सको हकप्रद बिक्रि सुचारु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 18, 2020 | 09:07:55 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रुडेन्सियल इन्स्योरेन्स Prudential Insurance Company Limited को स्थगित भएको हकपद बिक्रि असार ७ गतेदेखि पुन: सुरु हुने भएको छ । लकडाउनको कारण स्थगित भएको हकप्रदमा असार ७ देखि असार १९ सम्म आवेदन दिन सकिने कम्पनीले जनाएको हो ।

आवेदन दिन बाँकि रहेका लगानीकर्ताहरुलाई सो अवधि भित्र आवेदन दिन कम्पनीले आग्रह गरेको छ । कम्पनीले फागुन १८ गतेदेखि निष्काशन खुल्ला गरी चैत २३ गते बन्द गर्ने जनाएको थियो । तर देश लकडाउनमा गएको कारण हकप्रद बिक्रि स्थगित भएको थियो । 

कम्पनील १० कित्ता शेयर बराबर नयाँ ६ कित्ता शेयरको अनुपातमा प्रति साधारण शेयर १०० अंकित दरका ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद शेयर निष्काशन गरेको हो। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved