दुई वटा कम्पनीको हकप्रद बिक्रि खुला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 28, 2020 | 09:10:49 AM मा प्रकाशित

laxmi  sunrise bank

आज असार १४ गतेबाट २ वटा कम्पनीको हकप्रद बिक्रि खुला भएको छ । अजबाट शिखर इन्स्योरेन्स Shikhar Insurance Company Limited र गुराँस लाइफ इन्स्योरेन्स Gurans Life Insurance Company Limited हकप्रद बिक्रि खुला भएको हो ।

शिखर इन्स्योरेन्सले आज असार १४ गतेदेखि साउन ४ गतेसम्म हकप्रद बिक्रि खुला गर्न लागेको हो । यस अघि कम्पनीले चैत १३ गतेदेखि हकप्रद  बिक्रि तय गरेकोमा कोरोनाका कारण सिर्जित लकडाउनले स्थगित भएको थियो । कम्पनीले ३० प्रतिशतले हुन् आउने ३१ लाख ७१ हजार ९ सय ३२ कित्ता हकप्रद शेयर विक्री गर्न लागेको हो । हकप्रद शेयर निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

त्यस्तै गुराँस लाइफले चैत २० गते देखि हकप्रद बिक्रि खुला गर्ने तय गरेको थियो । तर  देशनै लकडाउनमा गएकोले बिक्रि स्थगित भएको थियो  । कम्पनीले आज असार १४ देखि साउन ४ गतेसम्म हकप्रदमा आवेदन दिन सकिने जनाएको छ ।  कम्पनीले १:१ को अनुपातमा ९३ लाख ८५ हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको हो   । कम्पनीको हकप्रद शेयर निष्काशनको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved